काठमाडौं । बुधवारदेखि देशभर पानी परिरहेको छ । सरकार तथा मातहतका निकायले असोज १२ गते सम्म हाईअलर्टको सन्देश प्रवाह गरेका छन् । संघीय राजधानी समेत रहेको काठमाडौँ उपत्यकामा बर्षा जारी छ ।
नदि तथा तटिय क्षेत्रमा पानीको बाहव वढिरेहको छ । तर सर्वसाधारण भने सरकारी निकायले जारी गरेको सुचना अवज्ञा गर्दै रमिते बनेका छन् ।
दर्शकबृन्द, यी दृश्य हुन् ललितपुरको च्यासलस्थित बागमती नदीमा बढेको पानीको बहाव हेर्न आईपुगेका सर्वसाधरणको । सरकारले नदि तथा खोला किनारमा भरसक नजान सूचना जारी गरे पनि सर्वसाधारण अवज्ञा गर्दै खोला किनार पुगेका छन् ।
वरपर चौतर्फी कतिपयले टिकटक बनाइररहेका छन्, कतिपय भिडियो खिच्दैछन् भने कतिपय रमाइलो मनाइरहेका छन् । जुन हेर्दा लाग्छ नागरिकमा धैयर्ता र सहनशिलता हराउँदै गएको छ ।
सरकारले हाईअलर्ट गरेको ठाउँमा हुने यस्तै भिडले स्थिति भयाभह भएको उदाहरण हामीले भोटेकोशीको विनासकारी बाढीबाट देखिसेका छौँ ।
भोटेकोशीमा पूर्वसूचनालाई लत्याउँदा पनि धेरै मानिसको ज्यान गएको थियो भने हजाराँै बेपत्ता छन् । तर नागरिकमा भने अझै चेतना पुग्न सेकेको छैन् । अरु त अरु सर्वसाधारणको अनावश्यक भिडभाडले सुरक्षा निकायलाई पनि आफ्नो तयारी गर्न बाधा पुगिरहेको छ ।
सुरक्षा निकायले बाराम्बर नदि क्षेत्रमा भिडभाड नगर्न, फोटो भिडियो नखिच्न माइकिङ गरेपनि सर्वसाधारणले अटेरी गरिरहेका छन् ।
उनीहरुको अटेरीपन देख्दा विपतसँसग सर्वसाधरणलाई कुनै डर त्रास नै नभएको जस्तो देखिन्थ्यो । जल तथा मौसम विज्ञान विभाग र बाण्ढी पूर्बानुमान महाशाखाले नै एकसाता देखि नै सूचना जारी रोखेको छ तर नागरिकलाई भने ज्यानको प्रवाह नगरी बाढी हेर्न भ्याईनभ्याई छ ।


