News 24 Television
विश्व पर्यटन दिवस २०२६ को अवसरमा नाट्टाका दुईदिने विशेष कार्यक्रम

काठमाडौं । नेपाल कलिङ तथा ‘नेपाल ओपन’ अभियानअन्तर्गत सेप्टेम्बर २७ र २८ तारिकमा दुईदिने विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । 

नेपालको पर्यटन क्षेत्र सुरक्षित, सञ्चालनयोग्य र विश्वभरका पर्यटकका लागि खुला रहेको सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नाट्टाका अनुसार पहिलो दिन, सेप्टेम्बर २६ गते शनिबार बिहान ७ ः३० बजे ‘नाटा क्लिन र ग्रिन क्याम्पेन २०२६’ आयोजना हुनेछ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज करिडोरअन्तर्गत बुढानीलकण्ठ–टोखा–चण्डेश्वरी क्षेत्रलाई केन्द्रित गरी सरसफाइ कार्यक्रम सञ्चालन हुँदैछ । 

अभियानमार्फत पर्यटन गन्तव्य, सार्वजनिक स्थल तथा पर्यावरण संरक्षणप्रति पर्यटन क्षेत्रको जिम्मेवारी र प्रतिबद्धता उजागर गरिनेछ ।

दोस्रो दिन, सेप्टेम्बर २७ गते आइतबार ‘नेपाल कलिङ, नाटा हेरिटेज २०२६’ आयोजना हुनेछ । विश्व पर्यटन दिवस २०२६ को अवसरमा आयोजना हुने यस सांस्कृतिक दौडले काठमाडौं उपत्यकाका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्दै नेपाललाई जीवन्त, सुरक्षित र आकर्षक पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने सन्देश दिनेछ । 

सहभागीहरूको दौड बिहान ६ः३० बजे काठमाडौँ दरबार क्षेत्र, बसन्तपुरबाट सुरु हुनेछ । नाटा हेरिटेज रन २०२६ ले काठमाडौं उपत्यकाका काठमाडौं र ललितपुरका ऐतिहासिक, सांस्कृतिक तथा सम्पदा स्थलहरूलाई जोड्दछ ।

नाटा हेरिटेज २०२६ को निर्धारित मार्ग काठमाडौं दरबार क्षेत्रबाट सुरु भई विशाल बजार, ल्भध च्यबम गेट, रत्नपार्क, शहीद गेट, दशरथ रंगशाला, थापाथली, साझा पेट्रोल पम्प, ललितपुर, लबिम मल हुँदै पाटन दरबार क्षेत्रमा पुगेर सम्पन्न हुनेछ । 

करिब ६ किलोमिटरको यस सांस्कृतिक दौडमा पर्यटन व्यवसायी, पर्यटनसम्बद्ध संघ–संस्था, युवा तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ ।

नाट्टाले दुवै कार्यक्रमलाई विश्व पर्यटन दिवसको सन्दर्भमा नेपालका सम्पदा, संस्कृति, वातावरण र पर्यटन व्यवसायबीचको सम्बन्धलाई थप सुदृढ गर्ने अवसरका रूपमा लिएको जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update