काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले ४७ औँ विश्व पर्यटन दिवस २०२६ को अवसरमा दुई दिने विशेष कार्यक्रम आयोजना गरेको छ ।
२७ सेप्टेम्बर, विश्व पर्यटन दिवस अन्तर्गत आईतबार विहान नेपाल कलिङ, नेपाल ओपन अभियानअन्तर्गत नाटा हेरिटेज रन आयोजना गरेको हो । अभियानमार्फत् नेपाल सुरक्षित, सञ्चालनयोग्य र विदेशी पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गरिएको नाट्टाले जनाएको छ ।
-1790504097.jpeg)
काठमाडौंको वसन्तपुर दरबार क्षेत्रबाट शुरू भएको ६ किलोमिटर दौड पाटन दरबार क्षेत्रमा पुगेर सम्पन्न भएको छ । दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई म्याराथन धावक वैकुण्ठ मानन्धरले मेडल प्रदान गरि सम्मान गरेका थिए । अभियानको पहिलो दिन शनिबार बिहान नाट्टा स्वच्छ तथा हरियाली अभियान’ सञ्चालन गरिएको थियो ।
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज करिडोरअन्तर्गत बूढानीलकण्ठ–टोखा–चण्डेश्वरी क्षेत्रमा सरसफाइ गरिएको थियो । नाट्टाले दुवै कार्यक्रमलाई विश्व पर्यटन दिवसको सन्दर्भमा नेपालका सम्पदा, संस्कृति, वातावरण र पर्यटन व्यवसायबीचको सम्बन्धलाई थप सुदृढ गर्ने अवसरका रूपमा लिएको जनाएको छ ।
-1790504097.jpeg)
-1790504100.jpeg)


