काठमाडौँ । नेपालीहरूको महान चाड बडादसैँलाई लक्षित गर्दै म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘दशैं धमाका २०२६’ नामक रोमाञ्चक उपहार योजना सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत म्याक्स टाइगरको क्यान खोल्दा ३६ जनाले यामाहाका मोटरसाइकल तथा स्कुटर र एक जना भाग्यशाली विजेताले ब्रान्ड नयाँ प्रोटोन कार जित्न सक्नेछन्।
ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’मा आयोजित एक विशेष कार्यक्रमकाबीच कम्पनीले यस अभियानको औपचारिक घोषणा गरेको हो। दसैँको उमंग र ऊर्जामा थप रोमाञ्चकता थप्नका लागि यो योजना ल्याइएको कम्पनीले जनाएको छ।
के–के छन् पुरस्कारहरू ?
बम्पर उपहार : १ जना भाग्यशाली विजेतालाई प्रोटोन कार।
मोटरसाइकल : १८ जनालाई यामाहा एफ जेड एफ आई Yamaha FZ-Fi मोटरसाइकल।
स्कुटर : १८ जनालाई यामाहा रे जेडआर Yamaha RayZR स्कुटर।
कसरी बन्ने विजेता ?
कम्पनीका अनुसार यो योजना एकदमै सरल र पारदर्शी राखिएको छ। अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यानहरू देशभरका बजारमा वितरण गरिनेछन्। उपभोक्ताले म्याक्स टाइगर इनर्जी ड्रिंकको क्यान खोल्दा नै त्यसमा पुरस्कारको घोषणा वा संकेत (विशेष पुरस्कारयुक्त क्यान) प्राप्त गर्नेछन् र ती क्यान प्राप्त गर्ने उपभोक्ता नै सीधै विजेता बन्नेछन्।
चाडपर्वको माहोलमा थप ऊर्जा
चाडपर्वमा किनमेल, भेटघाट र उत्सवको रौनक चलिरहँदा म्याक्स टाइगरले उपभोक्तासँग प्रत्यक्ष जोडिने यो नयाँ तरिका अपनाएको हो। ब्राण्डका अनुसार यस अभियानले उपभोक्ताको दसैँको उत्साहलाई अझै उचाइमा पुर्याउनेछ।
अब दसैँमा म्याक्स टाइगरको क्यान खोल्दा स्वाद र ऊर्जा मात्र होइन, ‘के थाहा, अर्को पुरस्कार आफ्नै नाममा पो छ कि’ भन्ने रोमाञ्चक उत्सुकता पनि थपिनेछ। विशेष पुरस्कारयुक्त क्यानहरू देशभरका पसल तथा डिलरहरूमा उपलब्ध भइसकेका छन्।


