काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी)प्रतिको आकर्षण निरन्तर बढिरहेको छ। यसैक्रममा, विश्वविख्यात अटोमोबाइल साझेदारी (एसएआईसी–जीएम–वुलिङ) अन्तर्गतको प्रतिष्ठित ब्रान्ड वुलिङले नेपाली बजारमा आफ्ना उत्कृष्ट विद्युतीय सवारीमार्फत ग्राहकका विभिन्न आवश्यकताहरू सफलतापूर्वक सम्बोधन गरिरहेको छ।
नेपालमा वुलिङ ब्रान्डका सवारीसाधनहरूको आधिकारिक आयात तथा वितरण प्यारामाउन्ट मोटर्स प्रालि ले गर्दै आएको छ। हाल वुलिङले नेपाली बजारमा एक्सियन, मिनी ईभी र डेरियन गरी तीन फरक श्रेणीका विद्युतीय मोडलहरू उपलब्ध गराउँदै आएको छ। दैनिक शहरी आवागमनदेखि पारिवारिक यात्रा तथा बहुउपयोगी एसयूभी आवश्यकतासम्मलाई यी मोडलहरूले समेटेका छन्।
नेपाली बजारमा उपलब्ध वुलिङका यी मोडलहरूले फरक–फरक ग्राहक वर्गलाई लक्षित गरेका छन्। शक्ति, दक्षता र बहुउपयोगिताको उत्कृष्ट संयोजन मानिएको एक्सियन एक ५२ सिट क्षमताको विद्युतीय एसयूभी हो, जसमा ६९.२ किलोवाट घण्टा क्षमताको ब्याट्री, ५३० किलोमिटरसम्मको रेन्ज, १५० किलोवाट क्षमताको मोटर र ३१० न्यूटन मिटर टर्क उपलब्ध छ। त्यसैगरी, ४ ढोका र ४ सिट क्षमतासहितको वुलिङ मिनी ईभी विशेष गरी दैनिक शहरी प्रयोगलाई लक्षित गरेर ल्याइएको कम्प्याक्ट विद्युतीय कार हो।
स्मार्ट मोबिलिटी, इम्प्याक्ट इलोजी अवधारणामा आधारित यस कारमा २५.१ किलोवाट घण्टा क्षमताको ब्याट्री, ३०१ किलोमिटरसम्मको दाबी गरिएको रेन्ज र ३० किलोवाट क्षमताको मोटर रहेको छ। परिवार केन्द्रित प्रयोगका लागि पर्याप्त स्थान र उत्कृष्ट प्रदर्शन प्रदान गर्ने उद्देश्यले डेरियनलाई ७ सिटर एमपीभीका रूपमा बजारमा ल्याइएको छ।
यसमा ६९.२ किलोवाट घण्टा क्षमताको ब्याट्री, ५४० किलोमिटरसम्मको रेन्ज, १५० किलोवाट क्षमताको मोटर र ३१० न्यूटन मिटर टर्क रहेको छ, जसले पारिवारिक यात्रालाई थप आरामदायी बनाउँछ।
विद्युतीय सवारी खरिद गर्दा ग्राहकका लागि ब्याट्री र मोटरको दीर्घकालीन विश्वसनीयता सबैभन्दा महत्वपूर्ण विषय बन्ने गरेको छ। यसैलाई मध्यनजर गर्दै वुलिङले आफ्ना उत्पादनहरूमा विशेष वारेन्टी सुविधा उपलब्ध गराएको छ।
कम्पनीले ट्रयाक्शन मोटर तथा उच्च भोल्टेज ९एचभी० ब्याट्रीका लागि ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर, जुन पहिले पुग्छ, त्यही अवधिसम्मको वारेन्टी प्रदान गर्दै आएको छ। यसले ग्राहकहरूमा सवारीको स्वामित्वप्रतिको भरोसा अझ बढाएको छ।
एक्सियनको बहुउपयोगी एसयूभी अनुभव, मिनी ईभीको शहरी केन्द्रित कम्प्याक्ट डिजाइनदेखि डेरियनको ७ सिटे पारिवारिक उपयोगितासम्म—वुलिङले नेपाली बजारका विभिन्न वर्गका ग्राहक र जीवनशैलीलाई लक्षित गरी आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ। अत्याधुनिक प्रविधि, व्यावहारिक डिजाइन, आराम, सुरक्षा र दीर्घकालीन भरोसाका कारण नेपालमा वुलिङको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ।


