काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन जारी छ। निर्वाचन सकिएपनि मतगणना नसकिदा महाधिवेशन अझैं जारी छ भने मतपरिणाम आउनेक्रम जारी छ। यस्तोमा नेताहरुले अब कांग्रेस एकताबद्ध बनेकोदेखि अनेक दाबी गरिरहेका छन् ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नेतृत्व चयनका निम्ति मतगणना जारी छ । सभापति नतिजा आएपनि अन्य पदको नतिजा आउनेक्रम जारी छ। कांग्रेसको सभापतिमा निर्वाचित भएपछि सभापति गगन थापाले अब एकताबद्ध कांग्रेस बन्ने घोषणा गरेका छन्। गगनले भनेका
छन्, इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौं ।
यस्तै, उपसभापति पुष्पा भुसालले पनि पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुने दाबी गरेकी छन्। उनी निर्विरोध निर्वाचित भइसकेकी छन् । कांग्रेसमा व्यक्तिले गरेको गल्तिको भारी पार्टीले नबोक्ने दाबी गर्दै अघि बढेका सभापति गगन थापाले सबै पक्षलाई मिलाएर लैजाने भनेका छन् ।
उनले देउवा पक्षलाई इंगित गर्दै महाधिवेशनमा सहभागी नभएकालाई पनि मिलाएर लैजाने भनेका हुन्। यद्यपी कांग्रेसको विवाद जांगिदै गएकोमा भने शंका छैन्। कांग्रेसको नेतृत्व छान्नका निम्ति भएको निर्वाचनको मतगणना भने सानेपास्थित पार्टी कार्यालयमै जारी छ।


