ऊर्जामन्त्री भन्छन्– अब फेरि लोडसेडिङ हुन्छ
बिहीबार, चैत ७, २०८१
नेपालमा लामो समय लोडसेडिङको मार खेप्दै आएका नेपाली नागरिकले फेरि पनि लोडसेडिङको मार खेप्नुपर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा लोडसेडिङ मुक्त भएका नागरिकले फेरि अहिले लोडसेडिङ खेप्नुपर्ने अवस्था आएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले बताएका छन् ।
२५ करोड लैजाने अचम्मको भाडो ! नायिके लुक्ने ठाउँ कता ?
बिहीबार, चैत ७, २०८१
प्रहरीले काठमाडौंको टोखाबाट बरामद गरेको अमेरिकी डलर र युरो गरि २५ करोड रकमको मालिक को हो त ? संसदमा चर्चा शुरु भएको छ । संसदमा २५ करोड चीनतर्फ लैजादै गरेका व्यक्तिभन्दा पनि मालिक खोज्न भनिरहेको बेला विभिन्न व्यक्ति र दलहरु भड्किएको देखिन्छ ।
कमजोर कुटनीति र आरजुः भारतको अपमानदेखि ओली फोबियासम्म !
बिहीबार, चैत ७, २०८१
विश्व राजनीतिमा देखिएका परिवर्तनका अवयवहरुले नेपालजस्तो मुलुक अछुतो रहन सक्दैन् । नेपालको सार्वभौमिकता कुनै ठूला, शक्तिशाली र सम्पन्न मुलुकभन्दा कमजोर नभएको भनिएपनि कुटनीतिक रुपमा नेपालले मुलुकको अन्तराष्ट्रिय उपस्थितिलाई बलियो पार्न नसक्दा अनेक प्रश्नहरु उठेका छन् ।
मौन सेनाको विज्ञप्ति, संविधानको जिम्मेवारीमा कटिबद्ध
बिहीबार, चैत ७, २०८१
राजतन्त्र पुनःस्थापनाका लागि सक्रियताको माहोल जसरी तातिरहेको छ, त्यसरी नै नेताहरुका भाषणपनि चर्को बन्दै भएका छन् । यस माहोलकै बीच पूर्वराजा ज्ञानेन्द्र शाह भने एउटा नाटकीय अवस्था सृजना गरि राज्याभिषेकको सपना पछ्याइरहेका छन् । यहि परिवेशमा अहिलेसम्म मौन बसेको नेपाली सेनाले मुख खोलेको छ भने लोकतन्त्रवादी नेताहरु एकअर्काप्रति कटाक्ष गर्नमै...
यस्तो डरलाग्दो आत्महत्या ! सरकारको ध्यान कता ?
बिहीबार, चैत ७, २०८१
साधारणतया मानिसको सोंच सधैं एकनास हुँदैन । त्यसैले हरेक क्षण र परिस्थिति अनुसार फरक–फरक सोचाई आउनछ । सोच कुनै सकारात्मक हुन्छन्, त केही नकारात्मक । नकारात्मकता बढ्दै गयो र त्यसैको शिकार भयो भने मानिसले आत्महत्या गर्ने सम्भावना अधिक हुन्छ । व्यक्तिगत जीवनसँगै समाजिक मूल्य मान्यता, संस्कारले थिचिँदा पनि मानिसलाई आत्महत्याको...
ओली, देउवा, प्रचण्डलाई 'छोटे राजा' भन्दै सडकमा ओर्लिए बाबुराम
बुधबार, चैत ६, २०८१
अहिले एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली, काँग्रेस सभापति देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड छोटे राजाको रूपमा देखिएकाे उनकाे टिप्पणी छ । उनीहरूले अहिलेसम्म देश र जनताका लागि कुनै काम नगरेको र देश बर्बादीतिर गएकाे बताए । आफू सरकारमा भएसम्म सबै ठिक र सरकारबाहिर गएपछि सबै सकियो, बर्बाद भयाे...
रविन्द्र मिश्रको गतिविधिले राप्रपामा भाँडभैलो
बुधबार, चैत ६, २०८१
बीबीसी नेपाली सेवामा रहेर लामो समय पत्रकारिता गरेका रविन्द्र मिश्र सञ्चार क्षेत्र छाडेर नेपाली राजनीतिमा हुन् । बीबीसी नेपाली सेवामा रहँदा नेपालका राजनीतिक दलका नेताहरुलाई खरो प्रश्न सोध्ने गरेकै कारण उनी नेपाली माझ निकै लोकप्रिय थिए । त्यही लोकप्रियताकै कारण राजनीतिमा अब्बल ठाउँमा पुग्ने मनोआकांक्षा साथ जागिर छाडेर ‘साझा पार्टी’...


