News 24 Television
दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ 

एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । 

२०२१ मा भएको अन्तःशुल्क नीति घोटालामा आर्थिक अनियमितताको आरोपमा पक्राउ गरेको हो । केजरीवाल आफ्नो राजनीतिक दल आम आदमी पार्टी (आप) का प्रमुख पनि हुन् । 

ठूलो संख्यामा पार्टीका कार्यकर्ता र समर्थकहरू ईडीको सोधपुछको बिरोध गर्न उनको निवास बाहिर भेला भएका थिए । 

पछिल्ला दुई महिनामा, ईडीले केजरीवाललाई सोधपुछ गर्नका लागि बारम्बार बोलाएको थियो । उनीहरुको आग्रहलाई मुख्यमन्त्रीले बेवास्ता गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update