News 24 Television
अमेरिकी मतदाताले ट्रम्पलाई सिकाए सवक, इरान युद्धले हार व्यहोरेको स्वीकार !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधी निर्वाचनमा ठूलो धक्का व्यहोरेका छन्। प्रतिनिधिसभा, सिनेट र गभर्नर पदका निम्ति भएको निर्वाचनमा ट्रम्पले हार स्वीकार गरिसकेका छन भने अमेरिकी राष्ट्रपति ट्रम्पको नीति अमेरिकामा मात्रै नभई विश्वभर नै असफलतातर्फ देखिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्ने गर्छन, मेक अमेरिका ग्रेट अगेन अर्थात अमेरिकालाई फेरि एकपटक महान बनाउने बेला आएको छ । के ट्रम्पको कार्यकालअघिको अमेरिकाले शक्ति गुमाउदै गएको थियो? प्रश्न स्वभाविक हो ।

यसकारण पनि हुनसक्छ, उनी दोश्रो पटक राष्ट्रपतिमा निर्वाचित बने। राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले लिएका नीतिहरुले आप्रवासनसम्बन्धिका विषय धेरै प्रभावित बनेका छन भने विभिन्न देशमा चलिरहेका युद्धका कारण समेत अमेरिकी राष्ट्रपति ट्रम्पप्रति मतदाताले खुशी मनाउने स्थिति बन्ने देखिएन, जसकारण मध्यावधी निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीले पराजतको स्वाद चाखेको हो । 

ट्रम्पले मध्यावधी  निर्वाचनमा पराजय व्यहोरेपछि डेमोक्र्याटसंग मिलेर काम गर्न चाहेको जिकिर गरिरहेका छन्। ट्रम्पले पराजयलाई स्वीकार गर्दै सधैं आफू भिटो लगाउने पक्षमा नरहेको पनि भनेका छन् । भिटो राष्ट्रपतिले प्रयोग गर्न पाउने विशेषाधिकार समेत हो । यस्तो स्थितिमा ट्रम्पले मिलेर काम गर्न चाहेको जिकिर गर्दै गर्दा अबको अमेरिकी शासन कसरी चल्छ भन्ने चासो बढेको छ ।

ट्रम्प नीति फेल

ट्रम्पले लिएको नीति फेल हुँदै गएको अमेरिकी मतदानले निश्वित गरेको छ। ट्रम्पले ब्राजिलमा राष्ट्रपतिको निर्वाचनमा समर्थन गरेका फ्लाभियो बोल्सोनारोले निर्वाचनमा पराजय व्यहोरेपछि उनी अमेरिका पुगेका छन् । यता, इजरायलमा पनि बेन्जामिन नेतान्याहूले नराम्ररी पराजय व्यहोरेपछि अरब दलहरुमाथि आक्रोश पोखिरहेका छन्। सर्बिया र हंगेरीमामा पनि ट्रम्पले समर्थन गरेकाहरुले निर्वाचनमा पराजय ब्यहोरिसकेका थिए । 

यसरी हेर्दा विश्वभर नै ट्रम्पले लिएका नीति र समर्थनले अस्वीकार्यता प्राप्त गरेको स्थितिमा अमेरिकामा समेत उनले मध्यावधी निर्वाचनमा पराजय ब्यहोरेका हुन् ।

के गर्लान ट्रम्प ?

मध्यावधी निर्वाचनमा पराजय व्यहोरेपछि ट्रम्पले इरान युद्धका कारण स्थिति फेरिएको कुरा एक टेलिभिजन अन्तरवार्ताको क्रममा स्वीकार समेत गरेका छन्। इरान युद्धका कारण पराजय व्यहोर्न पुगेको स्वीकार गरेका ट्रम्पले अब युद्ध रणनीतिलाई कसरी अघि बढाउछन भन्ने विषय चासोमा छ। मध्यपूर्वमा चलिरहेको युद्धका कारण विश्वको आर्थिक गतिविधि नै संक्रमणमा रहेको स्थितिमा अमेरिकी मतदाताले दिएको सन्देशलाई उनले कसरी अघि लैजान्छन भन्ने विषय चासोमा छ ।

मतदाता किन विच्किए ?

ट्रम्प नीतिका कारण अमेरिकामा महंगी ह्वात्तै बढेको छ। विश्वव्यापी रुपमा ट्रम्प नीतिका कारण अमेरिकाभन्दा चीनको विश्वास बढेको रिपोर्टहरु समेत सार्वजनिक हुन पुगे भने विश्वासपात्र रहेका सहयोगी राष्ट्रहरुसंगको टकरावदेखि अन्धाधुन्ध युद्धका कारण संकटका सीमाहरु बढिरहेका थिए। अमेरिकालाई फेरि ग्रेट बनाउने नारा दिएका ट्रम्पले भनेजसरी जनताको जीवनमा परिवर्तन आउन नसक्दा समेत मतदातामा निराशाका संकेतहरु मिलिरहेका थिए ।

जिद्दी ट्रम्प, हठी स्वभाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो राष्ट्रपतिको कार्यकालमा समेत विवादास्पद काम गरे। त्यसपछि उनी दोश्रो कार्यकालको राष्ट्रपतिय निर्वाचनमा पराजय व्यहोर्न पुगे। निर्वाचनमा धाँधली भएको भन्दै चलेको तोडफोडकाबीच उनीमाथि विभिन्न अभियोग समेत लागे । 

चुनावी पराजयलाई सहजै स्वीकार नगर्ने ट्रम्पले पछिल्लो समय भने सहजै हार स्वीकार गर्दै मिलेर काम गर्ने भनेका छन्। ट्रम्पको वोली र व्यवहारमा तादम्यता भने खासै मिल्ने गरेको देखिन्न । तर, मध्यावधी निर्वाचनको पराजयले भने उनले राजनीतिक पाठ सिक्ने अवसरको रुपमा लिने संकेत गरिरहेका छन् ।

आप्रवासी र युद्धको मामलामा आक्रामक देखिने ट्रम्पले अब कस्तो विदेश नीति अख्तियार गर्लान ? यस्तो चासोकाबीच अब ट्रम्पको सत्ता सञ्चालनको प्रयासमा थप परीक्षा हुनेछ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update