News 24 Television
हेर्दाहेर्दै यस्तो बन्यो केशर महल, पुस्तकालयले पायो नवजिवन

काठमाडौं । २०७२ सालको भुकम्पका कारण पुर्णरुपमा क्षति पुगेकोे १ सय १० वर्ष पुरानो केशर महलको पूननिर्माण गरिएको छ । 

पूननिर्माण सकिएसँगै पुरातात्विक महत्वको यो भवनले आफ्नो स्वरुपमा काँचुली फेरेको छ । केशर महल भित्र अब केशर पुस्तकालय, सम्पत्ती शुद्धिकरण बिभाग र सार्वजनिक खरिद अनुगमनको कार्यालय राखिने भएको छ । 

महल पुननिर्माण सम्पन्न भएर नेपालकै पुरानोमध्येको एक केशर पुस्तकालय सञ्चालनमा आउनेपछि विद्यार्थी, पाठक तथा अनुसन्धानकर्मीमा उत्साह छाएको छ ।  

पुनर्निर्माण सुरु भएको करिब ५ वर्षमा केशर महलले पूर्णता पाएको छ । केशर महल निर्माणका लागि करिब ६४ करोड रुपैयाँ खर्च भएको छ । 

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराका छोरा केशरशमशेरले यो भवनमा आफ्नो नीजि पुस्तकालय बनाएका थिए । पछि उनले पूस्तकालय सहित निवास सरकारलाई हस्तान्तरण गरेपछि यसमा २०२६ सालदेखि केशर पुस्तकालय सञ्चालनमा आयो । 

लामो समय शिक्षा मन्त्रालय समेत रहेको यो भवनमा रहेको पुस्तकालयमा ५० हजार भन्दाबढी पुस्तक, कागजात तथा अन्य महत्वपुर्ण सामग्रीहरु छन् । 

२०७२ सालको भुकम्पले केशर महलमा क्षति पु¥याउँदा पूस्तकालय पुस्तकालय समेत बेहाल अवस्थामा पुगेको थियो । ऐतिहासिक पुस्तकालय पुनर्निर्माणको प्रक्रियाले समयमै पूर्णता नपाउँदा यहाँ रहेका धेरै पुस्तक कागजपत्रहरुको संरक्षणमा समस्या भएको थियो ।

भवन निर्माण सम्पन्न भएसँगै अब यसमा पुस्तकालय सार्ने तयारी गरिएको छ । हाल केशर पुस्तकालय केशरमहल परिसरमा निर्माण गरिएको अस्थायी टहरोमा छ । अस्थाई टहरो भित्र पनि पुस्तक पढ्न आउनेको संख्या उल्लेख छ । 

सरकारले २०७७ भित्रै पुनर्निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर सरकारले समयमै भवन खाली नगरिदिदाँ निर्माण कार्यले गति लिन सकेन । 

त्यसैले तीनपटक सम्म म्याद थप गरेपछि मात्रै भवन पूननिर्माण सम्पन्न भएको हो । 

मुख्य भवनलाई प्रबलीकरण गरिएको छ । त्यस्तै यहाँ रहेका बगैँचा, चमेनागृह, सुरक्षाकर्मी भवन र पेभिलियन भने नयाँ नै निर्माण गरिएको हो । 

केशरमहलमा ६१ वटा कोठा छन् । बगैँचामा इटालीबाट ल्याइएका आधुनिक बत्ती जडान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update