News 24 Television
लुम्बिनी महोत्सव : ३ सय स्टलमा ४० जिल्लाका उत्पादन 

रुपन्देही । नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ को तयारी पूरा भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा मंसिर २० गते बिहीबारदेखि पुस १ सम्म भैरहवास्थित अंचलपुरमा महोत्सव संचालन हुँदैछ । 

महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, प्रबद्र्धन र सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउनुका साथै पर्यटन क्षेत्रको प्रसारप्रसारमा समेत मद्दत पु¥याउने अपेक्षा गरिएको छ । 

नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ को सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले सबै तयारी पूरा भएको र बिहीबार दिउँसो १ बजे महोत्सव उद्घाटन हुने बताएका छन्  । 

लुम्बिनी महोत्सवले भैरहवा, रुपन्देही सहित लुम्बिनी प्रदेश र समग्रमा मुलुककै आर्थिक गतविधिलाई चलायमान बनाउने विश्वास गरिएको छ । ३ सय स्टल रहने महोत्सवमा मुस्ताङको अर्गानिक स्याउदेखि दैलेखको घरेलु उत्पादनसम्म राखिनेछ । आयोजकका अनुसार नेपालका ४० जिल्लाका उत्पादन महोत्सवमा प्रदर्शन गरिनेछ ।

‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका रहेको महोत्सवबाट स्वदेशी तथा गुणस्तरीय बस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई जागरुक बनाउने र सीमावर्ती बजारहरुमा पाइने सामानहरुबीचको तुलनात्मक मूल्यका वारेमा जानकारी दिने जनाइएको छ । 

यस क्षेत्रका विभिन्न जाती तथा समुदायको कला संस्कृतिको संरक्षण गर्दै बिशेष गरि सिद्धार्थनगर र लुम्बिनीमा देशको आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा बिशिष्टता पहिचान भएको बस्तु तथा उत्पादनको प्रदर्शनी तथा प्रबद्र्धन गर्ने काम पनि यो महोत्सवले आयोजकको भनाइ छ । 

महोत्सवमा सिमावर्ती भारतीय सहरबाट पनि सहभागिता रहने भएकाले पर्यटन प्रबद्र्धन तथा आर्थिक गतिबिधि चलायमान हुने बिश्वास लिइएको छ । 

महोत्सव अवधिमा बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित रहेका तिलौराकोट, देवदह, रामग्राम जस्ता पुरातात्विक तथा पर्यटकीय स्थलहरुमा बिशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था मिलाइएको छ । 

महोत्सवकै बीचमा मंसिर २६, २७ र २८ गते तीन दिन माटोको निःशुल्क परीक्षण हुनेछ । यसका लागि छुट्टै कृषि प्याभेलिएन बनाइएको छ ।

विगतभन्दा फरक र आकर्षक शैलीमा स्टल बनाइएको छ भने बाल उद्यान झनै आकर्षित रहेको आयोजकले जनाएका छन् । 

महोत्सव अवधिमा मेहन्दी बनाउने तालिम, टिकटक प्रतियोगिता, भैरहवा डान्स आइडल, भ्वाइस अफ भैरहवा हुनेछ । कृषिमा व्यावसायिक विकासका लागि युवा सहभागिता र लगानी अभिवृद्धि गर्नका लागि कृषिमा भएका असल अभ्यास, कृषिमा भित्रिएको नवीनतम प्रविधि, कृषिऔजार, मल, परामर्श लगायत स्थानीय उत्पादन समावेश गरिने छ । 

महोत्सव उद्घाटन अघि, भैरहवाको देवकोटाचोकबाट बाजागाजा, झाँकीसहितको ¥याली निकालिनेछ । करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा लिइएको महोत्सवमा २ लाख हाराहारी दर्शक आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update