News 24 Television
टाँडीमा एथरको १७औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा, १ लाखसम्म क्यासब्याक

नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार गरिरहेको एथर इनर्जीले चितवनको रत्ननगरस्थित टाँडीमा आफ्नो १७औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ । एथर इनर्जीको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले नोभेम्बर २६ मा नयाँ सेन्टर उद्घाटन गरेको हो ।

नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनसँगै रत्ननगर तथा आसपासका क्षेत्रका ग्राहकलाई विद्युतीय स्कुटरको अनुभव लिन, खरिद गर्न र टेस्ट राइड गर्न सहज हुने कम्पनीले जनाएको छ । उक्त सेन्टर डाइनामिक इनर्जी प्रालिले सञ्चालन गर्नेछ । यसअघि पनि कम्पनीले चितवनकै आस्था चोकमा एथरको एक्सपेरियन्स सेन्टर सञ्चालन गर्दै आएको थियो ।

नयाँ सेन्टरमा ग्राहकले एथरका ४५० सिरिज र पारिवारिक प्रयोगलाई लक्षित रिज्टा स्कुटरको अवलोकन तथा टेस्ट राइड गर्न सक्नेछन् । कम्पनीले स्कुटरमा म्याजिक ट्विस्ट, इन्फिनिटी क्रुज र भ्वाइस इन्टर्याक्सनजस्ता आधुनिक प्रविधिसमेत उपलब्ध गराएको छ ।

विद्युतीय स्कुटरको ब्याट्रीप्रतिको ग्राहकको विश्वास बढाउन कम्पनीले ‘एथर एस्योरेन्स एटसेभेन्टी’ कार्यक्रम पनि ल्याएको छ । यसअन्तर्गत निश्चित सर्तमा ८ वर्ष वा ८० हजार किलोमिटरमध्ये जुन पहिले पूरा हुन्छ, त्यतिबेलासम्म ब्याट्रीको स्वास्थ्य कम्तीमा ७० प्रतिशत रहने सुनिश्चितता प्रदान गरिने कम्पनीले जनाएको छ ।

हाल एथरले नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५३ भन्दा बढी ग्रिड फास्ट चार्जिङ पोइन्ट सञ्चालन गरिरहेको छ । नयाँ सेन्टर उद्घाटनको अवसरमा ग्राहकले योग्य स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याकसमेत पाउनेछन् । यस विस्तारले नेपालमा विद्युतीय सवारीको पहुँच र प्रयोग बढाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update