काठमाडौं । नेपालको प्रतिष्ठित पर्यटन तथा ट्राभल व्यवस्थापन कम्पनी गौतम होलिडेज प्रा.लि. (Gautam Holidays Pvt. Ltd.) ले चर्चित हास्यकलाकार तथा 'कमेडी च्याम्पियन सिजन २' का विजेता भरतमणि पौडेललाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ कम्पनीले पौडेलसँग यो व्यावसायिक सहकार्य गरेको हो।
कम्पनीले मङ्सिर २ गतेदेखि लागू हुने गरी पौडेललाई एक वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो।
कम्पनीको प्रचारप्रसार, ब्रान्ड पहिचान तथा व्यावसायिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले पौडेललाई ब्रान्ड एम्बेसडरको जिम्मेवारी दिइएको गौतम होलिडेजले जनाएको छ। नियुक्तिसँगै पौडेल आगामी एक वर्षसम्म कम्पनीका विभिन्न प्रचारात्मक तथा प्रवर्द्धनात्मक गतिविधिमा सहभागी हुनेछन्।
पर्यटन, यात्रा तथा स्वदेश तथा विदेश भ्रमणसम्बन्धी सेवा प्रदान गर्दै आएको गौतम होलिडेज विगत १५ वर्षदेखि यस क्षेत्रमा सक्रिय रहँदै आएको छ।
कम्पनीका प्रबन्ध निर्देशक उत्तम गौतमले मास्टर भरतमणि पौडेलसँगको सहकार्यले संस्थाको ब्रान्ड पहिचान स्थापित गर्न, बजार विस्तार गर्न तथा व्यावसायिक प्रवर्द्धनमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।


