प्रधानमन्त्री बालेन्द्र शाहज्यूको भारत भ्रमण टोलीमा सहभागी हुँदै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे आइतवार भारत प्रस्थान गरेका छन् । अध्यक्ष पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ सहितका पदाधिकारी, कार्य समिति सदस्यहरू तथा महासंघ सचिवालयका कर्मचारीहरूले बिदाई गरेका थिए ।
भारतीय अधिकारीहरूसँगको भेटमा महासंघ अध्यक्ष पाण्डेले नेपालमा पूर्वाधार मैत्री ऐन कानून निर्माण भएको अवगत गराउँदै पूर्वाधार क्षेत्रमा लगानी गर्न अनुरोध गर्नेछन् । अध्यक्ष पाण्डेले मंसिरको तेस्रो साता (२३ र २४) काठमाडौंमा पूर्वाधार विकास मन्त्रालय, नेपाल निर्माण व्यवसायी महासंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा हुन लागेको नेपाल पूर्वाधार सम्मेलनको महत्वबारे समेत भारतीय अधिकारीहरूलाई जानकारी गराउने छन् ।


