News 24 Television
चोभार बन्दरगाहमा बढ्यो चहलपहल 

काठमाडौं । काठमाडौंको चोभार सुख्खा बन्दरगाहमा कन्टेरनरहरु आउनेक्रम बढ्दै गएको छ ।

जाँचपास प्रयोजनका लागि सरकारले ‘ट्रान्जिट मोडुल’ विधि प्रयोग गरेपछि तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरहरु जाँचपासका लागि चोभारमा आउने क्रम बढेको हो । 

लामो समयसम्म पनि खास प्रभावकारी बन्न नसकेको काठमाडौंको चोभार सुख्खा बन्दरगाह विस्तारै चलायमान बन्न थालेको छ । बन्दरगाहमा कन्टेरनरहरु आउनेक्रम बढ्दै गएको छ । 

-   जाँचपास प्रयोजनका लागि सरकारले ‘ट्रान्जिट मोडुल’ विधि प्रयोग गरेपछि तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरहरु जाँचपासका लागि चोभारमा आउने क्रम बढेको हो ।

-    चोभार सुख्खा बन्दरगाहा भन्सार कार्यालय प्रमुख उषा पोखरेलका अनुसार तातोपानी, रसुवा नाकाबाट आउने मालवस्तुहरु चोभार सुख्खा बन्दरगाहामा पहिला भन्दा धेरै कन्टेनरहरु  जाँचपास परिक्षणका लागि आउन थालेका छन् । 

-    गोदामको समेत प्रशस्त व्यवस्था भएकाले व्यवसायीहरुको रोजगाईमा चोभार परेको हुनसक्ने आकल छ । त्यसमाथि अहिले भन्सार कार्यालयलले छिटो छरितो जाँचपास गर्ने गरेको छ । 

यो आर्थिक वर्षका लागि तोकिएको राजश्वका लक्ष्यहरु हासिल हुने बताइएको छ । जाँचपासका लागि कन्टेनरहरु बढ्दै जाँदा राजश्व संकलनमा वृद्धि हुनेछ । व्यवसायीको दृष्टिकोणबाट हेर्दा जाँचपास गर्दा समान ल्याएर गोदाममा थन्काएर आफ्नो अनुकलता अनुसार जाँचपास गराउन सकिने छ । गोदामहरुको उचित व्यवस्था भएका कारणले पनि सहज हुने देखिएको हो ।

-    शुक्रवार मात्रै डाइरेक्ट बाइ नामक कम्पनीले चोभारमा भन्सार जाँचपासका लागि कन्टेनरहरु ल्याएको थियो । 

तातोपानी, रसुवागढीमा गोदाम स्पेस कम भएका कारणले पनि चोभार रोज्नु परेको बाइ कम्पनीका अध्यक्ष सुशिल थापाले बताए । 

उनका अनुसार ती भन्सारमा क्लीयरिङमा समेत ढिलाइ हुनेगरेको छ । त्यसको कारण रसुवागढी, तातोपानीमा म्यानपावरको समेत कमी हुनु हो । 

काठमाडौं जाँचपासका लागि ल्याउँदा सहज भएको र जाँचपास छिटो हुँदा आफ्नो व्यापारमा समेत राम्रो गर्नसक्ने भएकाले जाँचपासका लागि काठमाडौं चोभार भन्सार कार्यालयमा ल्याइएको कम्पनीको भनाई छ । 

चोभार सुख्खा बन्दरगाहको विगत र वर्तमान

-   काठमाडौंबाट हुने व्यापारलाई व्यवस्थित, सहजीकरण र प्रतिस्पर्धी बनाउन सरकारले चोभारमा सुख्खा बन्दरगाह बनाउने निर्णयअनुसार दशकअघि विश्व बैंकसंँग सम्झौता ग¥यो । 

-   त्यसपछि २०७५ माघ ३ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको बन्दरगाह निर्माण सकिएको करिब १० महिनापछि २०७८ चैत २२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले यसको औपचारिक उद्घाटन गरे । 

-    तर, पनि चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा चल्न भने सकेको थिएन ।

-    भन्सार प्रक्रियाका लागि दैनिक २÷३ वटा सवारी मात्रै आउने गरेका थिए । 

-    डेढ अर्ब रुपैयाँभन्दा बढी लागतमा बनेको बन्दरगाह सुस्त भएपछि व्यापारी फकाउन विभिन्न प्रयास गरिए । सञ्चालनको तीन वर्षपछि अहिले विस्तारै यस बन्दरगाहले गति लिइरहेको देखिन्छ । 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update