काठमाडौं । व्यापार क्षेत्रको एक महत्वपूर्ण पक्ष निर्यातको अवस्था विस्तारै सुधारतर्फ गति लिइरहेको छ । नेपालले पछिल्लो समय निर्यातले फड्को मार्दै गएको पछिल्लो तथ्यांकीय अवस्थाले देखाएको हो ।
मुलुकको व्यापार सन्तुलनताका लागि सबैभन्दा महत्वपूर्ण मध्येको एक पक्ष हो, निर्यातको अवस्था । तर, नेपालको व्यापार सन्तुलनता खास राम्रो छैन । यद्दपि, पछिल्ला दिनहरुमा निर्यातको अवस्थाले सुधारको गति लिन थालेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
निर्यातको सुधार गति तथ्यांकमा हेर्दा,
- चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म नेपालको निर्यात ७२ अर्ब ७८ करोड रुपैयाँ
- निर्यातको यो अवस्था अघिल्लो वर्षको यहि समयको तुलनामा ८९.६४ प्रतिशतले बढी
- निर्यातको शीर्ष स्थानमा सोयाविन तेल
- असोजसम्म ३० अर्ब ६९ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात
- निर्यातको दोस्रो शीर्ष स्थानमा कार्पेट
- तीन महिनामा २ अर्ब ५७ करोड रुपैयाँ बराबरको कार्पेट निर्यात
- तेस्रो स्थानमा सूर्यमुखी तेल रहेको छ । सूर्यमुखी २ अर्ब १३ करोड बराबरको निर्यात भएको छ ।
- निर्यात जन्यवस्तुहरु अलैंचीदेखि पश्मीना, गलौँचा, तयारी पोसाक, छुर्पीसम्मका वस्तुहरुको निर्यात बढेको छ ।
- चालु आ.व. २०८२÷८३ को असोज सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात
- अलैंची निर्यातको यो अवस्था गत आवको सोहि अवधिको तुलनामा ३३ प्रतिशत धेरै
- गत आ.व. २०८१–८२ को सोहि अवधिमा नेपालबाट १ अर्ब २६ करोड २१ लाख ७ सय ८३ मेट्रिक टन मात्रै अलैंची निर्यात भएको थियो ।
निर्यातमा सुधारको गति, व्यापार घाटा वृद्धिदर सम्हालिँदै, व्यवसायी आशावादी
- निर्यातमा उच्च वृद्धि हुँदा व्यापार घाटाको वृद्धिदर केही सम्हालिएको छ ।
- यसरी निर्यात बढ्नु सकारात्मक रहेको र राज्यले निर्यात गरिरहेकाहरुलाई प्रोत्साहन गर्ने हो भने अझै बढ्न सक्ने उद्योगी, व्यवसायीको भनाई
थप सुधारका लागि व्यवसायीका सुझाव कस्ता ?
- नेपाल सरकारले निर्यातमा दिएको सुविधा बढाउने र अमेरिकी सरकारले जारी गरेको भन्सार दर लागू हुने हो भने निर्यात बढाउन सहज
- अमेरिकाले थप १० प्रतिशत ट्यारिफ लगाएको छ । यो भनेको न्युनतम हो । त्यसभित्र पर्न सफल हुनु भनेको अन्त्यन्तै सह्रानीय र स्वागतयोग्य
- अहिले लाग्दै आएको ट्यारिफमा १० प्रतिशत लगाइए पनि निकासी पहिलेभन्दा महँगो भएपनि अरू देशको तुलनामा यो धेरै कम हो ।
- यो दर लागू हुने हो भने पनि नेपालले निर्यातमा फड्को मार्नसक्ने
- निर्यात बढ्दा ठूलो मात्रामा देशमा रोजगारी पनि सिर्जनाको सम्भावना र अर्थतन्त्र पनि सबल बन्छ ।
- सबै उद्यमशीलतामा लाग्नेभएकाले यो क्षेत्रलाई राज्यले विशेष प्राथमिकतामा राख्न आवश्यक
निर्यात सुधारसँगै व्यापारको समग्र अवस्थाबारे के भन्छन्, अर्थविद्हरु ?
- सोयाविन र सूर्यमुखी तेलको निकासी दिगो छैन
- भारतको एउटा निर्णयले यसको निकासी ठप्प हुनसक्ने अवस्था
- अन्य वस्तुहरुको निकासी बढाउन नेपालले जोड दिनुपर्ने
सुधार गर्न आवश्यक धेरै पक्ष रहेपनि नेपालले पछिल्लो पटक निकासीमा पाएको सफलतालाई सकारात्मक मानिएको छ । त्यसैले निकासी गर्नेहरुलाई राज्यले प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने देखिन्छ ।
