
महोत्तरी । महोत्तरी धार्मिक र पुरातात्विक सम्पदाहरुले भरिपूर्ण छ । तर, आधारभुत सुविधा र प्रचारप्रसारको अभावले गर्दा यि सम्पदाहरु ओझेलमा परेका छन् । सिमानाका र सदरमुकाम बजार क्षेत्रमा महोत्तरीमा धार्मिक तथा पर्यटकीय स्थलहरुबारे आवश्यक जानकारी सहितको सांकेतिक बोर्डको अभावले गर्दा समेत महोत्तरी आउने पर्यटक धार्मिक तथा पर्यटकीय स्थलसम्म पुग्न सक्दैनन् ।
धार्मिक सम्पदाले भरिपूर्ण महोत्तरी प्रचार अभावमा ओझेलमा परेको छ । महोत्तरीको बर्दिबासस्थित टुटेश्वरनाथ महादेव, मटिहानीको लक्ष्मीनारायण मठ,सदरमुकाम जलेश्वरको जलेश्वरनाथ महादेव मन्दिर,औरहिको सोनामाई मन्दिर,लोहारपट्टीको रौजा मजार,बलवाको पडौल स्थान लगायतका थुप्रै धार्मिक तथा पर्यटकीय सम्पदाले महोत्तरी भरिपूर्ण छ ।
तर आधारभूत सुविधाको अभाव धार्मिक सम्पदाको संरक्षणको अभावमा आन्तरिक तथा बाहिरी पर्यटकमा ठोस प्रचार–प्रसार नहुदा जिल्लाको विकासमा महत्वपूर्ण योगदान दिनसक्ने यि सम्पदाहरु लामो समयदेखि ओझेलमा छन् ।भरतको बिहार राज्य संग जोडिएको महोत्तरीमा दिनहुँ सयौको संख्यामा भारतिय पर्यटक नेपाल आउने गरेका छन । तर महोत्तरीमा धार्मिक तथा पर्यटकीय स्थलहरु बारे आवश्यक जानकारी सहितको सांकेतिक बोर्डको अभावले गर्दा महोत्तरी आउने पर्यटक जानकारी अभावका कारण धार्मिक तथा पर्यटकीय स्थलहरुमा पुग्दैनन ।
सुविधा,सरसफाई,सूचना तथा मार्गदर्शन,मनोरञ्जन तथा सांस्कृतिक अनुभव, स्थानिय खानपान तथा शौचालय लगायतको आधारभुत सुविधाहरु समेतको उचित व्यवस्थापन नहुँदा पर्यटक टिकाउन् समेत समस्या देखिएको छ ।
धार्मिक पर्यटन क्षेत्रमा लगानीको अभाव र पर्यटकका लागि सुविधाको व्यवस्थापन नहुँदा पर्यटन व्यवसाय बाट मनग्य आमदानी गर्न सक्ने महोत्तरीका व्यवसायीलाई आर्थिक मन्दी खेप्नु परेको छ । स्थानिय उद्योग निरन्तर मन्दीको मार खेपी रहदा यता स्थानिय कला संस्कृतिको संरक्षण तथा उत्थानका लागि समेत ठोस पहल भईरहेको छैन ।
पर्यटकको आवागमन र स्थानिय बजारमा किनमेल अभावले गर्दा विदेशी मुद्रा आयातमा कमी र स्थानिय उत्पादनले बाहिरिय बजारमा ठाउँ पाउँन् नस्कदा उद्योगी व्यवसायी चिन्तित् छन ।
स्थानिय सरकारले पर्यटन र पर्यटकका लागि विशेष उत्सवका बेलामा उल्लेखनिय व्यवस्थापन गर्दै आएको बताएपनि त्यस बाहेक वर्षभरी पर्यटकलाई आकर्षित गर्ने सक्ने गरि ठोस व्यवस्थापन भने देखिएको छैन । बहुवर्षीय योजना सहितको ठुलो लगानी भएको बजेट अभाव, पर्यटकीय क्षेत्रको सम्मुन्नत् विकासका लागि दुर्गामी र दीर्घकालिन योजनाको कमी भएपनि पर्यटन प्रवर्धनका लागि प्रयासरत रहेको स्थानिय तहका जनप्रतिनिधिहरु बताउछन ।
नेपाल होटेल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश प्रदेशको सबै जिल्लामा समानुपातिक रुपमा जानुपर्नेमा पूर्व पश्चिम राजमार्ग मात्रै केन्द्रीत हुदाँ समेत दक्षिणी क्षेत्रमा पर्यटकीय ठाउँहरु छायाँमा पर्दै गएका छन् ।
जबसम्म दक्षिणी क्षेत्रको पर्यटकिय क्षेत्रलाई एक आपसमा जोडिने गरि वृहत मार्गको रुपमा जोडिदैनन् तबसम्म यस्ता समस्याहरु ज्यू का त्यू रहने स्थानीय बताउछन् ।
स्थानीयबासीले बर्दिबासको टुटेश्वर, लोहारपट्टीको रौजा, बलवाको पडौल, जलेश्वरको जलेश्वरनाथ, मटिहानीको लक्ष्मीनारायण मठ, मन्दिर हुदै जनकपुरसम्मको माँर्ग जोडिनुका साथै भारतीय क्षेत्रसँग जोडिने हो भने यहाँ केही हदसम्म विकास हुन सक्ने वताउँछन्। यसको लागि संघ, प्रदेश र स्थानीय तह तिनवटै तहको समन्वय र सहकार्य जरुरी देखिन्छ ।