
नेपालगञ्ज । होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान पश्चिम नेपालका प्रमुख शहरमा पुगेको छ । देशका प्रमुख शहरहरुमा गएर पोखरामा पर्यटक निम्त्याउन गरिने यो अभियानले पोखरामा आन्तरिक पर्यटन आवागमनलाई बढवा दिने विश्वास लिइएको छ ।
कुनै समय थियो पर्यटक भन्ने बित्तीकै पश्चिमी मुलुकबाट आएका नागरिकलाई मात्र सम्झिने गरिन्थ्यो । यो परिभाषालाई चिर्दै नेपाली पनि धुम्न पर्छ र नेपाली पनि पर्यटक हुन् भन्ने स्थापित गर्न होटल संघ पोखराले जाँउ है पोखरा अभियान सुरु गर्यो ।
त्यस संगसंगै पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहल पहल बढ्न थाल्यो । फलस्वरुप अहिले पोखरा आन्तरीक पर्यटकको पहिलो रोजाईमा छ । २२ वर्ष पहिले सुरु गरियको अभियान जाँउ है पोखरा अहिले पनि जारी छ । आन्तरीक पर्यटकलाई पोखरामा निम्ता दिन होटलसंघ पोखराले देशका प्रमुख शहरमा पुगेर जाँउ है पोखरा संचालन गर्छ ।
अहिले यो अभियान लियर पर्यटन व्यवसायीहरु पाल्पा, बुटवल हुँदै नेपालगन्ज पुगेको छ । अन्तरक्रियामा सहभागिता जनाउदै नेपालगञ्जका व्यवसायी तथा पत्रकारले होटलसंघ पोखराले विशेष प्याकेज बनाउने तथा नेपालगञ्ज पनि पर्यटकिय गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न आग्रह गरेका थिए ।
जाँउ है पोखरा जस्ता अभियानले देशमा आन्तरीक पर्यटन चलायमान भयको र अफ सिजनमा पर्यटन व्यवसायीहरुमाथी आर्थिक भार कम परेको होटल संघ नेपालका केद्रीय सदस्य भरत पराजुलीको भनाई छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभाकी सांसद कृष्णा केसीले सरकारले पर्यटन क्षेत्रको बिकासको लागि पोखरा र भैरहवामा अन्तराष्ट्रीय विमानस्थल निर्माण गर्यो तर अन्तराष्ट्रीय उडान एक दुइ मात्र भएकाले त्यसले पर्यटनमा प्रयाप्त विकास हुन नसकेको बताउँदै अब निजि क्षेत्रको खबरदारी बढ्नु पर्ने व्यवसायीहरुलाई सुझाव दिइन् ।
होटल संघ पोखराले जाउँ है पोखरा संचालन गरेपनि यो अभियान पोखरा र देशका प्रमुख शहर विच दोहोरो पर्यटन विकासको सेतु भयको होटल संघ पोखराका अध्यक्ष लक्षमण भलसुबेदीको भनाई छ ।
आन्तरीक पर्यटनलाई थप मजबुत गर्न नेपालगञ्जबाट पोखरासम्म दैनिक हवाई उडान गर्नु पर्ने, सुविधा सम्पन्न सडक यातायात संचालन गर्नुपर्ने धेरै बक्ताको साझा धारणा थियो ।
नेपालगञ्ज पछि सुर्खेत र दाङमा पनि यो अभियान संचालन गरिने छ । त्यस्तै छिमेकी राष्ट्र भारतका सिमावर्ती शहरमा चलिय पोखरा र चिनका शहरमा चाउला पोखरा संचालन गरिने छ ।
अभियान मार्फत पोखरा आउने पर्यटकहरुलाइ विभिन्न खालका छुटका प्याकेज पनि पाउने छन् । हाल पोखरामा एकहजार दुई सय भन्दा बढि होटल संचालनमा छन् भने त्यसबाट दैनीक ५० हजार बढी पर्यटकलाई राख्ने क्षमता राख्छ ।