News 24 Television
गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै
गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।
बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै
बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताएका छन् । 
बालेनविरुद्ध वडाध्यक्ष चिनीकाजी, आन्दोलनको नेत्तृत्व गरेर आफै सडकमा 
बालेनविरुद्ध वडाध्यक्ष चिनीकाजी, आन्दोलनको नेत्तृत्व गरेर आफै सडकमा  काठमाडौं महानगरपालिकाका कर्मचारी र स्थानीय अगुवाबीच वार्ता भइरहँदा जुद्ध सालिक सडकमा नगरप्रहरी र स्थानीयको घम्साघम्सी परिरह्यो । ठूलो मात्रामा नगरप्रहरी र नेपाल प्रहरी परिचालन गरिएको भन्दै स्थानीय र व्यापारीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिए । वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन भने वार्तामा नगई सडकबाटै आन्दोलनको नेत्तृत्व गरिरहे ।
एक वर्षमा दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभराको दर्शन
एक वर्षमा दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभराको दर्शन क वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०–८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । 
रहस्यमयी त्रिशुली नदी, साता वित्दा पनि किन भेटिएनन् दुई बस ? 
रहस्यमयी त्रिशुली नदी, साता वित्दा पनि किन भेटिएनन् दुई बस ?  त्रिशुली नदीमा बेपत्ता दुई बस अझै फेला परेका छैनन् । असार २८ गते बिहान काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको गणपति डिलक्स र वीरजन्जबाट काठमाडौं आइरहेको एन्जल डिलक्स बस अझै फेला परेका छैनन् । बिहान ३ बजेतिर भारी वर्षासँगै आएको पहिरोले दुवै बस त्रिशुली नदीमा बगेका थिए । 
तोलामा रु तीन सयले घट्यो सुनको मूल्य
तोलामा रु तीन सयले घट्यो सुनको मूल्य स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु तीन सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । 
आज मुलुकका धेरैजसो ठाउँमा भारी वर्षा हुने, सतर्क रहन अनुरोध 
आज मुलुकका धेरैजसो ठाउँमा भारी वर्षा हुने, सतर्क रहन अनुरोध  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
त्रिशुली बस दुर्घटना  : फेला परेका १९ शवमध्ये १४ को सनाखत
त्रिशुली बस दुर्घटना : फेला परेका १९ शवमध्ये १४ को सनाखत चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ ।
सिमलताल घटना कार्यदलले काम थाल्यो
सिमलताल घटना कार्यदलले काम थाल्यो गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ ।
एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु
एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । विसं २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो ।
जनताको रुवावासी, नेताहरु उत्सवमा !
जनताको रुवावासी, नेताहरु उत्सवमा ! अहिले मुलुक प्राकृतक विपत्ति तथा यसबाट सृजित विभिन्न घटनाका कारण शोखमा ढुबेको छ । मुलुकभर बाढी पहिरो तथा सडक दुर्घटनाले मुलुकको मुहार मलिलो बनाएको  छ ।
Weather Update