News 24 Television
सत्येन्द्रकुमार राम र नेहा रौनियारको प्रेम-विवाहमा हस्तक्षेप गरेका छैनौँ :  गृहमन्त्री
सत्येन्द्रकुमार राम र नेहा रौनियारको प्रेम-विवाहमा हस्तक्षेप गरेका छैनौँ : गृहमन्त्री गृहमन्त्री रमेश लेखकले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्रकुमार राम (चमार) नेहा रौनियारको अन्तरजातीय विवाहमा राज्यपक्षबाट हस्तक्षेप नभएको स्पष्ट पारेका छन् ।  बिहीवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले राखेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले अन्तरजातीय विवाहको सम्बन्धमा गृह मन्त्रालय गम्भीर रहेको बताए । उनले संविधानले प्रत्याभुत गरेको छुवाछुत तथा भेदभावविरुद्धको हक...
यात्रु आफैँले ट्राफिक बत्ती बालेर बाटो काट्ने प्रविधि ३६ ठाउँमा
यात्रु आफैँले ट्राफिक बत्ती बालेर बाटो काट्ने प्रविधि ३६ ठाउँमा काठमाडौं महानगरपालकाले सडक सुधार आयोजना अन्तर्गत पेलिकन बत्ती जडानको काम गरिरहेको छ । अटोमेटिक ट्राफिक बत्तीको विकल्पको रुपमा पेलिकन क्रसिङ राख्न थालिएको हो । अटोमेटिक बत्तीले सवारी साधन र पैदलयात्रुको तालमेल मिलाउन नसक्ने हुँदा पैदल यात्रुहरुले आफ्नो आवश्यकताको आधारमा मात्रै बत्ती बाल्ने प्रविधिलाई महानगरले प्राथमिकता दिएको छ ।
'मनपरी लेख्ने र बोल्नेकै लागि सामाजिक सञ्जाल नियमन विधेयक'
'मनपरी लेख्ने र बोल्नेकै लागि सामाजिक सञ्जाल नियमन विधेयक' कुनै पनि सामाजिक सञ्जालहरु सरकारमा दर्ता नभएको खण्डमा प्रतिबन्ध गर्ने चेतावनी समेत उनले दिए । अहिले नेपालमा दर्ता भएर सञ्चालनमा आएको सामाजिक सञ्जाल टिकटक मात्रै रहेको र मेटा (फेसबुक), इन्स्टाग्राम, ह्वाट्सएप लगायत अन्य सामाजिक सञ्जाललाई पनि दर्ताका लागि सार्वजनिक आह्वान गरिएको उनकाे भनाइ छ । 
केलबकार विवादः ब्यापारी, सरकार र स्वार्थ समूहको गठजोडमा पिल्सिने को ?
केलबकार विवादः ब्यापारी, सरकार र स्वार्थ समूहको गठजोडमा पिल्सिने को ? पाथीभरामा केबलकार निर्माणको विवादले मानविय संकट निम्तिने त होइन भन्ने प्रश्नहरु उठ्न थालेका छन् । ताप्लेजुङको प्रशिद्ध धार्मिकस्थल पाथीभरामा निजी क्षेत्रले निर्माण गर्न लागेको केबलकारले मौलिकता मासिने भन्दै चलिरहेको संघर्ष र आन्दोलनले सडक अवरुद्ध हुँदा एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी पनि रोकिए । यसले सामाजिक उत्तरदायित्वको गम्भीर बहस शुरु भएको छ । 
निरोगी नेपाल बनाउन व्यापक प्रयास गर्नेछौँ : प्रधानमन्त्री ओली
निरोगी नेपाल बनाउन व्यापक प्रयास गर्नेछौँ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरु गरिरहेको बताएका छन् ।मंगलवारबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
पाथीभरा केबलकार विवाद : स्थानीयलाई सहुलियत र प्राथमिकता दिन भट्टराईको माग
पाथीभरा केबलकार विवाद : स्थानीयलाई सहुलियत र प्राथमिकता दिन भट्टराईको माग प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले पाथीभरा केबलकार निर्माणका क्रममा भएको झडपमा घाइते भएकाको उपचारको व्यवस्था गरी अविलम्व वार्ताको माध्यमबाट समस्या समाधान गर्न माग गरेका छन् ।
नेपाललाई आगलागीले चौतर्फी घेर्दै ! जोगिने कसरी ?
नेपाललाई आगलागीले चौतर्फी घेर्दै ! जोगिने कसरी ? डढेलो नियन्त्रणमा नेपालले वर्षौंदेखि ठूलो चुनौती सामना गरिरहेको छ । तर, समस्या समाधानका लागि न स्पष्ट कार्ययोजना छ, न त कुनै प्रभावकारी समन्वय । हरेक वर्ष जाडोयामको अन्त्यसँगै वसन्त ऋतुको शुरुवातमा डढेलोको प्रकोप शुरु हुने गरे पनि यस वर्ष भने माघको पहिलो हप्ताबाटै डढेलो लाग्न थालिसकेको छ । 
मेलुङ गाउँपालिकामा अस्थायी प्रहरी पोष्ट स्थापना
मेलुङ गाउँपालिकामा अस्थायी प्रहरी पोष्ट स्थापना दोलखाको मेलुङ गाउँपालिका– १, रमाइलो चोकमा अस्थायी प्रहरी पोष्ट पवटीको स्थापना गरिएको छ ।
मूर्तिया वृक्षारोपण शाखामा व्यापक अनियमितता, परियोजना मौन 
मूर्तिया वृक्षारोपण शाखामा व्यापक अनियमितता, परियोजना मौन  स्थानियका अनुसार तस्करहरूले मूर्तिया वृक्षारोपण शाखाका कर्मचारीहरूसँग मिलेमतो गरी वन क्षेत्रबाट अवैध रूपमा रूख कटान र काठ ओसारपसार गरिरहेका छन् ।
मानव अधिकारका उजुरी १३ प्रतिशत मात्र कार्यान्वयन हुनु गम्भीर विषय
मानव अधिकारका उजुरी १३ प्रतिशत मात्र कार्यान्वयन हुनु गम्भीर विषय सांसदहरुले राज्यपक्षबाटै मानव अधिकार हनन भइरहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले राज्यपक्षबाटै मानव अधिकार हनन भइरहेको भन्दै समितिको ध्यानाकर्षण गराए । मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन १३ प्रतिशत मात्र हुनुले राज्य मानव अधिकार रक्षाका लागि संवेदनशील नभएको उनको भनाइ छ । आयोगका सिफारिस नै सरकारले...
Weather Update