News 24 Television
बर्थिङ्ग सेन्टर भवन ६ वर्षदेखि अलपत्र

मुगु । मुगुमा निर्माण थलिएको बाम बर्थिङ्ग सेन्टरको भवन ६ बर्षदेखि अलपत्र छ । प्रदेश सरकारले बजेटमै हेला गर्दा निर्माणाधीन भवन ६ वर्षदेखि अलपत्र बनाइएको हो । 

मुगुको छायाँनाथ रारा नगरपालिका १४ मा निर्माणाधिन बर्थिङ्ग सेन्टर भवन ६ वर्षदेखि अलपत्र छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरर्गत जिल्ला स्वास्थ्य सेवा कार्यालयमार्फत बनाउन लागिएको यो भवन सरकारको वेवास्ताका कारण अलपत्र बन्न पुग्यो । 

२०७७ जेठ २० गते निर्माण सम्झौता भई २०७७ असार २५ गते आयोजना सम्पन्न गर्ने गरी स्वास्थ्य सेवा कार्यालय र उपभोक्ता समिति बिच सम्झौता भएको थियो ।

सो अनुसार काम समेत भयो । तर, आर्थिक वर्षको अन्तिम मसान्तमा आउने बजेट र गरिने सम्झौताका कारण न बर्थिङ्ग सेन्टर भवन निर्माण भयो, नत कामदारले सुख पाए । 

२० लाखमा भएको बर्थिङ्ग सेन्टर भवन निर्माण सम्झौता उपभोक्ता समितीले पेश्की स्वरुप ४ लाख मात्रै पायो । २०७७ सालमा निर्माण थालिएको बाम बर्थिङ्ग सेन्टर भवनको निर्माणमा कामदारले ४० दिनसम्म काम गरेका छन् तर कामदारले काम गरेवापत पारिश्रमिक समेत पाएका छैनन् ।  

यता, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट मसान्तको अन्तिम तिर नाम तोकेरै बाम बथिङ्ग सेन्टर र खत्याडमा पनि बथिङ्ग सेन्टर भवन निर्माणका लागि बजेट आएको थियो । 

त्यसै अनुरुप सम्झौता भई काम अगाडी बढ्ेपनि काम समयमै सम्पन्न नभएकाले बजेट फ्रिज गएको दावि जिल्ला स्वास्थ्य सेवा कार्यालयको छ ।

हरेका वर्ष विकासका नाममा आर्थिक वर्षको अन्तिममा आउने बजेटलाई वर्षौंदेखि अलपत्र संरचनाले गिज्याइरहेको छ । यतिमात्रै होइन सरकारको यो प्रवृतिका कारण कामदारले पनि समस्या झेल्नु परेको छ । 

त्यसैले यस्ता अलपत्र संरचनाको पहिचान गरी बजेट व्यवस्थापन गरेर पूर्णता दिनेतर्फ प्रदेश सरकारले ध्यान दिने कि ? 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update