News 24 Television
२०२६ सम्म नेपाल अति कम विकसितबाट विकाशसील राष्ट्र बन्ने 
२०२६ सम्म नेपाल अति कम विकसितबाट विकाशसील राष्ट्र बन्ने  नेपाल कम विकसित मुलुकबाट बिकासशील देशको सूचिमा सुचिकृत हुन सामाजिक सुरक्षा र उन्नत जीवनका लागि आवश्यक प्रकृया पुरा गर्ने तयारीमा पुगेको छ । 
सहकारी प्रतिवेदनमा कसरी समेटिँदैछन् रवि ?
सहकारी प्रतिवेदनमा कसरी समेटिँदैछन् रवि ? सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले हालसम्म ३९ जना सहकारी सञ्चालक र कर्मचारीमाथि सोधपुछ गरेको छ । 
दिगो र स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहन्छौँ  :  अर्थमन्त्री पौडेल
दिगो र स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहन्छौँ : अर्थमन्त्री पौडेल अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रवन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताएका छन् ।  आईतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्ला दिनहरुमा...
कोमामा पर्यटन बोर्ड, विकासका नारा गफैमा सिमित
कोमामा पर्यटन बोर्ड, विकासका नारा गफैमा सिमित अर्थतन्त्र सिथिल हँुदा पर्यटनको क्षेत्रमा सरकारी लगानी कम भएको भन्ने स्वर चर्काे रुपमा उठ्छ । सरकारले पर्यटन विकास गर्न नसक्दा राज्यले आम्दानी गुमाएको ठुलै चर्चा हुन्छ । तर अहिले नेपाली पर्यटकीय क्षेत्रको बिकास गर्दै विश्वमा नेपाली पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न खोलिएको पर्यटन बोर्ड भने ६ महिनादेखि नेतृत्व विहिन हुन पुगेको...
टान नेतृत्वका लागि रस्साकस्सी, पर्यटनको एजेण्डासहित मैदानमा
टान नेतृत्वका लागि रस्साकस्सी, पर्यटनको एजेण्डासहित मैदानमा ट्रेकिङ व्यवसायीहरुको साझा संस्था ‘ट्रेकिङ एजेसिन्ज एसोसियसन अफ नेपाल’ (टान) को नयाँ नेतृत्वको लागि रस्साकस्सी चलिरहेको छ । आगामी भाद्र १७ गते हुने टानको निर्वाचनका लागि विभिन्न समूहले प्यानल घोषणा गरिरहेका छन् । शनिवार मात्रै राजेन्द्र सापकोटा समूहले प्यानल घोषणा गर्दै आफ्नो एजेण्डा सार्वजनिक गरेको छ । 
रुपन्देहीमा माछापालन बढ्यो, उत्पादन बढाउन प्रो–बायोटिक 
रुपन्देहीमा माछापालन बढ्यो, उत्पादन बढाउन प्रो–बायोटिक  रुपन्देही मत्स्य उत्पादनको हब हो । माछा उत्पादन राम्रो भइरहे पनि यसको मृत्युदरले किसानले बेलाबखत ठूलो क्षति व्यहोरिरहेका छन् । यसैले पछिल्लो समय यहाँका मत्स्य पालक किसानहरुले माछाको मृत्युदर कम हुने र उत्पादन राम्रो भएपछि प्रो–बायोटिकको प्रयोग गर्न थालेका छन् । 
बुङको आलुका पारखी बढ्दै, कसरी फल्छ त बुङको आलु ?
बुङको आलुका पारखी बढ्दै, कसरी फल्छ त बुङको आलु ? ओखलढुंगाको उच्च भेगमा उत्पादन हुने बुङको आलु प्रख्यात बन्दै गएको छ । कुनै पनि रासायनिक मलबिना उत्पादन गरिने बुङको आलुको स्वाद धेरैले रुचाउन थालेपछि यसको माग पनि बढ्दै गएको छ । समुद्री सहतबाट २ हजार ५ सय मिटरभन्दा माथीको भेगमा परम्परागत रुपमा उत्पादन गरिने बुङको आलु खन्नमा व्यस्त देखिन्छन् कृषकहरु...
रारामा प्राकृतिक पर्यटनको मात्रै चर्चा, ओझेलमा धार्मिक स्थल 
रारामा प्राकृतिक पर्यटनको मात्रै चर्चा, ओझेलमा धार्मिक स्थल  रारा ताल भन्ने बित्तिकै धेरैलाइ लाग्छ यो एउटा चर्चित पर्यटकीय स्थल हो । पर्यटकीय स्थलको रुपमा चर्चित बन्दै जाँदा राराको धार्मिक पक्ष भने छायाँमा पर्दै गएको छ । ताल आसपासमा रहेका विभिन्न धार्मिक स्थलहरूको प्रचार–प्रसार र संरक्षणमा राज्यको कुनैपनि निकायको ध्यान नपुग्दा यहाँको धार्मिक पक्ष क्रमश ओझेलमा पर्दै गएको हो...
Weather Update