
वीरगञ्ज । पर्सा लगायत तराई क्षेत्रमा जमिनमुनीको पानी सुक्दा स्थानीयहरुको जनजिवन प्रभावित भएको छ । वर्षायाममा मुलुकको अन्य भागमा वर्षा भएपनि तराई क्षेत्रमा पानी नपर्दा पानीको चरम अभाव सृजना भएको हो ।
उच्च तापक्रमले आक्रांन्त भइरहेको मेधशमा समयमा पानी नपर्दा खेतीपाती नराम्ररी प्रभावित बनेको छ । यो संकटग्रस्तको समयमा पनि सरकारी उदासीनता पछि स्थानीय किसानहरु वर्षाका लागी देवीदेवता गुहार्न पुगेका छन् ।
विगतमा तराई क्षेत्रमा धाराहरुमा २४ घण्टा आइराख्ने पानी पछिल्ला वर्षहरुमा सुक्न थालेका छन् । जमिनमुनीको पानी सुक्न थालेपछि मधेशमा चापाकलबाट पानी आउन छाडेको छ । गर्मीयाममा उच्च तापक्रम समस्या बन्ने गरेको तराईमा पानीको अभावले थप आक्रान्त मच्चाएको छ । विगतका वर्षहरु भन्दा यसवर्ष पानीको चरम संकट सृजना भएको छ । जसकारण स्थानीयहरुको जनजिवन प्रभावित हुन पुगेको हो ।
मौसमविदहरुले विभिन्न समयमा मधेशका पानी पर्ने सम्भावना भनेर जानकारी गराएपनि हालसम्म पानी पर्न सकेको छैन । एकातर्फ खानेपानीको अभाव र अर्कोतर्फ वर्षायाममा पानी नपर्नाले स्थानीय किसानहरु चिन्तित छन् । प्रायजसो आकाशे पानीमा भर पर्ने किसानहरु धानबालीको समयमा पानी नपर्दा वा मोटरले जमिन मुनीको पानी नतान्दा धानको धाजा फाट्न थालेको छ । मधेशमा वर्षेनी पानी अभावको संकट बढ्दै गएको र राज्यको वेवास्ताका कारण मधेशका जनता अन्ततस् देवीदेवता शरणमा पुगेका छन् ।
हिन्दुधर्ममा वर्षाको देवता ईन्द्रलाई मान्ने गरिन्छ । विभिन्न यज्ञ पूजापाठ गरे देवीदेवता प्रशन्न हुने एक धार्मिक विश्वास छ । सोही बिश्वासको आधारमा वीरगञ्जमा केही दिनअघी माईस्थान संचालक समितिले यज्ञ गराएका थिए भने मुस्लीम धर्मावलम्बीहरुले सामूहिक नमाज पढेर अल्लाहसंग वर्षाको कामना गरेका छन् ।
यस्तै मधेशमा गाउँघरका स्थानीयहरुले वर्षाको कामना गर्दै पानी छयापेर देवतालाई वर्षा गरी दिन मनाइरहेका छन् । यस संटकको घडीमा राज्यले अभिभावकत्वको भूमिका निवार्ह गर्न नसके भन्दै स्थानीय किसानहरुले देवीदेवता गुहार्न पुगेका हुन् ।
गत असार २६ गते मधेश प्रदेश सरकारले सुख्खाक्षेत्र घोषणा गरेका थियो भने संघीय सरकारले पनि भर्खरै केही दिन अगाडी मात्र मधेशलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरको छ िमधेश प्रदेश सरकारले ८ वटा जिल्लाका प्रभावित क्षेत्रमा टंयाकर मार्फत पानी वितरण गरिरहेको छ ।यस्तै वीरगञ्ज महानगरपालिकाले टंयाकर माफर्त पानी वितरण गर्नुका साथै केही आवश्यक स्थानहरुमा डिप बोरिङ गर्दै पानीको समस्या समाधान गर्दै आएको छ ।
परापूर्वकालमा वर्षा नहुँदा यसैगरी देवीदेवतालाई पूजा अर्चना गरी वर्षा गराउने प्रचलन थियो । सोही कारण पनि पूजापाठले पानीको संकट टार्ने विश्वासले स्थानीयले अन्तिम विकल्पको रुपमा पूजापाठ गर्न पुगेका हुन ।
सबैको आ(आफ्नो धार्मिक आस्था भएपनि राज्यले वैकल्पिक बाटो खोज्नुपर्ने वीरगञ्जका बुद्धिजिवी विनोद गुप्ता बताउँछन् ।
यतिबेला अन्य मुलुकहरु समेत पानी अभावको समस्याबाट ग्रसित छन् । तर त्याहा अध्यन्न र अनुसन्धान गरी कृतिम वर्षा गराउनुको साथै वैज्ञानिक तरिकाले वैक्लपीक मार्ग प्रयोग गरिरहेका छन् ।
यता नेपालमा भने भ्यागुतोको विहे, इन्द्र देवताको पुजा र क्षमा पूजा गरेर पानी समस्याको समाधान गर्ने प्रयासमा भइरहेको छ । बहुधार्मिक देश नेपालमा देवीदेवता प्रतिको आस्था हुनु, पूजापाठ गर्नु सकारात्मक भएपनि यो विकराल संकटको समाधान पूजापाठले मात्र नभई राज्यको ठोस योजना, वातावरणको संरक्षणले मात्र गर्न सकिन्छ ।