News 24 Television
दोलखाका श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्न विशेष पहल

दोलखा । दोलखाका श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्न नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ, दोलखा साखाले विशेष पहल थालेको छ। शनिबार चरिकोटमा सम्पन्न कार्यक्रममा संघले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन रणनीति सार्वजनिक गरेको हो ।

संघका दोलखा साखा अध्यक्ष सन्जलाल तामाङले कार्यक्रममार्फत सामाजिक सुरक्षा कोषमा सहभागी गराउने कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले भने, “श्रमिकहरूको दीर्घकालीन हितका लागि कोषमा आबद्ध गराउनु जरुरी छ ।” 

कार्यक्रममा सामाजिक सुरक्षा कोष केन्द्रीय कार्यालयका प्रशासन सहायक लक्ष्मण अर्यालले सामाजिक सुरक्षा योजनाबारे प्रष्ट पार्दै भने, “यो कोषमा नियमित योगदान गरेमा पेन्सनको सुविधा मात्र होइन, विभिन्न अस्पतालमा स्वास्थ्य सेवा समेत प्राप्त गर्न सकिन्छ।”

उनले अनौपचारिक क्षेत्रका श्रमिकहरू र स्वरोजगारमा रहेका व्यक्तिका लागि यो योजना विशेष लाभदायक हुने बताए । 

60ac9b9e-3d24-4df7-9bd2-02addada4e9b-1754221754.jpg
कार्यक्रममा नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष प्रदीप आचार्यले १५ वर्षसम्म कोषमा योगदान गरेपछि बुढेसकालमा प्राप्त हुने नियमित रकम श्रमिकका लागि ठूलो सहारा हुने बताए । “श्रमिकका हकहितमा संघ सदैव क्रियाशील रहनेछ,” उनले प्रतिबद्धता जनाउँदै भने । 

कार्यक्रममा प्रमुख अतिथि बर्मा लामासहित जिल्लाका विभिन्न स्थानबाट आएका श्रमिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सामाजिक सुरक्षा कोषका प्रतिनिधिहरू लक्ष्मण अर्याल र पुस्कर बिष्टले योजना सम्बन्धी प्रस्तुति दिँदै सहभागीहरूलाई जानकारी गराएका थिए।

0032a3ab-0fa5-40a3-af3a-e71fa5c064c8-1754221774.jpg
 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update