भक्तपुरमा ‘गुरु विशेष कार्यक्रम’ आयोजना हुँदै
भक्तपुर । गुरु-पुरोहितहरूको नियमित आयवृद्धि र पेसागत प्रतिष्ठा अभिवृद्धि गर्ने उद्देश्यले ‘गुरु विशेष कार्यक्रम’ आयोजना हुने भएको छ। गुरु मञ्जरी ग्रुप अष्ट्रेलियाको आयोजनामा हुन लागेको यो कार्यक्रम सम्मानित र समृद्ध भविष्यको यात्रामा जोडिन केन्द्रित रहनेछ।
कार्यक्रम आगामी मंसिर २ गते बुधबार दिउँसो ३ बजे भक्तपुरको गठ्ठाघर–३ स्थित जर्मन होम्स हस्पिटालिटीमा सञ्चालन हुनेछ। मौलिक संस्कार र परम्परालाई अक्षुण्ण राख्ने लक्ष्यसहित कार्यक्रममा ब्राह्मण भोजन तथा गुरु दक्षिणाको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
सहभागी हुन चाहनेहरूका लागि नाम दर्ताको व्यवस्था समेत मिलाइएको आयोजक संस्थाले जानकारी दिएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३ २०:२३
प्रतिक्रिया दिनुहोस्


