News 24 Television
अमेरिकामा निर्मित पशुपतिनाथको मन्दिर विवादमा, आर्थिक हिनामिनाको आरोप

काठमाडौँ । नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सासको राजधानी अस्टिनमा निर्माण गरिएको पशुपतिनाथको मन्दिर विवादमा परेको छ । अस्टिनबासी नेपाली समुदायको साझा सँस्था ग्रेटर अस्टिन नेपाली समाजको अथक प्रयास र सहयोगमा मन्दिर निर्माण गरिए पनि मन्दिर निर्माणको क्रममा आर्थिक हिनामिना गरिएको आरोप लागेको छ ।  

ग्रेटर अस्टिन नेपाली समाजका कार्य समितिका पदाधिकारी र सन्चालक समितिका पदाधिकारीहरुनै अहिले मन्दिर निर्माणमा अनियमिताको बिषयले आरोपप्रत्यारोपमा उत्रिएका छन् । 

पशुपतिनाथ मन्दिर निर्माणका लागि मूर्ति, गजुर, काठ, ईटा, आँखी झ्याल, नन्दी लगायतका सामग्रीहरु नेपालबाट लगेर जडान गरिएको हो । तर मन्दिरका लागि आवश्यक निर्माण सामाग्री खरिदमा व्यापक आर्थिक हिनामीना भएको भन्दै असन्तुष्टिका आवाजहरु सुनिन थालेका हुन् । 

मन्दिर बनाउने क्रममा बोलपत्र नगराई ग्यान्सका पदाकारिकहरुले आफु मनलाग्दी गरेको र मन्दीर छिटो र राम्रो गराउने वाचा गरी काम शुरु गर्न लागेका इन्जिनियर र कन्ट्रक्सन कम्पनिहरु सबैलाई हटाइएको आरोप छ । सबै ट्रस्टिहरुको विचार अनि सुझावहरु अन्देखा गर्दै ट्रस्टी (चन्दा दाता) हरुलाइ नै धम्की दिन थालिएको छ । आफैले आर्थिक सहयोग जुटाएर ट्रस्टी चन्दा दाताले बनाएको “हल“  स्वयम् चन्दादाताहरुलाई आवश्यक पर्दा प्रयोग गर्न नदिएको गुनासो पनि छ। 

करिब आठ लाख डलरको लागतमा मन्दिरको संरचना बनाइएको भनिए पनि संरचनालाई देख्दा त्यसको लागतमा प्रश्न उठाउनु पर्ने अवस्था रहेको मन्दिरका ट्रस्टिहरु बताउँछन् । 

मन्दिर निर्माणमा तत्कालीन अध्यक्ष भोजराज भट्ट, महासचिव विदुर खतिवडा, सँयोजक गेहेन्द्र केसी, उप सँयोजक देबराज न्यौपाने लगायतले मनोमानी गरेको ट्रस्टिहरु महेश रेग्मी, सीपी पौडेल, उद्धव खनाल, बोधराज घिमीरे, कृष्ण जिसी, प्रदिप चौलागाई लगायत ३ दर्जन बढी ट्रस्टिहरुको आरोप छ । 

अस्टिनबासी नेपाली समुदायको अथक प्रयास र सहयोगबाट पशुपतिनाथ मन्दिर निर्माण भएका हो । नेपाली समुदायद्वारा स्थापित भगवान श्री पशुपतिनाथको मन्दिरहरु मध्ये ग्रेटर अस्टिनमा बनेको मन्दिर निकै भव्य र नेपालकै पशुपतिनाथ शैलीको मन्दिर संभवत अमेरिकामा नै पहिलो हो।

पशुपतिनाथ मन्दिर निर्माणले नेपाली समुदायलाई भावानात्मक रुपमा एकताबद्ध बनाउने अस्टिनबासी नेपालीहरुको विश्वास हो थियो । तर अस्टिनबासी नेपाली समुदायलाई घात हुने गरी यसको नेतृत्व लिनेहरुबाटै घोका भएको गुनासो छ ।

am1-1759063553.jpg

am2-1759063553.jpg

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update