
जर्मन । हालै नेपालमा भएको युबा समुह जेनजीले गरेको आन्दोलन र उनीहरले उठाएका एजेन्डाप्रति जर्मनीको हम्बर्ग शहरमा बस्ने नेपालीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएको छन।
जर्मनीको हाम्बर्ग शहर लगायत नजिकमा रहेका बिभिन्न पेशामा आबद्व नेपालीहरूले नेपालमा युवा पुस्ताले सामाजिक न्याय, पारदर्शिता, समान अवसर र भ्रस्टाचारका बिरुद्ध उठाएको आवाजलाई हामी सम्मान र सर्मथन गर्दछौं भनी प्रेस बिज्ञप्ती मार्फत जानकारी दिएको छ।
साथै प्रेस विज्ञप्तिमा लेखिएको छ ‘हिजो मिती ८ सेप्टेम्बर २०२५ का दिन जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भ्रष्ट नेताहरुको आदेशमा प्रहरीको गोली लागेर मृत्यु भएका युवाहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ । नेपालको भविष्य युवाहरूको हातमा छ। त्यसैले युबा वर्ग, नागरिक समाज र बुद्धिजिबी वर्ग सबै मिलेर शान्ति, संवाद र जवाफदेहीता मार्फत समाधान खोज्नु आजको आवश्यकता हो। राष्ट्रको सार्बजनिक सम्म्पतिको संरक्ष्यन गर्नु हामी सबैको कर्तब्य हो।’
उक्त कार्यक्रम संगम श्रेष्ठको संयोजकत्व भएको जन्त्राअनलाइनका शुभचिन्तक जर्मन निवासी कुमार नापितले जानकारी दिए।