मुगु । धर्तिकी अप्सरा उपमा पाएकी रारा ताल यतिबेला पर्यटकले भरिभराउ छ । कर्णाली प्रदेशको मुगुमा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलो मध्ये राराताल एक हो ।
यि हुन् धर्तिकी अप्सरा ! हेर्दै मोहिनी, हरेक प्रकृति प्रेमिको दिल जित्ने एक सुन्दर अनुपन ताल, रारा । रारा तालमा यतिबेला पर्यटकहरुको भीड छ । पछिल्लो समय हवाइ तथा सडक मार्गबाट रारा ताल घुम्न आउने आन्तारिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ । चाडवाडको समयमा आन्तरिक पर्यटकहरुको पनि भीड लाग्ने गर्दछ रारामा ।
रारा राष्ट्रिय निकुञ्ज कार्यलयका अनुसार साउनदेखि असोज महिनामा मात्र करिब २ हजार ३ सय ४७ जना आन्तरिक पर्यटक र बाह्य २७ जना पर्यटकहरु रारा घुम्न आएका छन्, भने रारा घुम्न आएका आन्तरिक पर्यटकबाट १ सय, सार्कका पर्यटकबाट १५ सय र अन्य देशका नागरिकहरुलाई ३ हजारका दरले प्रवेश शुल्क बापत राजश्व उठाउदा २ लाख २९ हजार २ सय राजश्व उठेको छ ।
गत बर्षमा रारामा आन्तरीक १ सय ४ जना र बिदेश गरी ३ सय ५३ जना पर्यटकले रारा घुम्दा २८ लाख ५३ हजार ९सय रुपैया राजश्व संकलन भएको थियो । हिजोआज दैनिक ५० देखी २ सय सम्म पर्यटकहरु रारा घुम्न आउने गरेका छन् ।
यही क्रम जारी रहने हो भने बिगतका बर्ष भन्दा यो बर्ष पर्यटकको संख्या बृद्धि हुने देखिन्छ । विषेश गरि पछिल्लो समयमा सडक सन्जालको पहुँच सुधार हुदै जानु, राराको आसपासमा रहेको क्षेत्रहरुमा ब्यवस्थित होटलहरु सन्चालन हुदै जानाले पर्यटकहरु आउने संख्या बढी रहेको छ ।
प्रसिद्ध रारा तालमा विदेशी पर्यटकहरुको आगमन पनि उत्तिकै हुने गरेको छ । आन्तरिक पर्यटकहरुको आकर्षण पनि बढ्दै गएको छ । रारा ताल र यस आसपासका क्षेत्र विदेशी पर्यटकको लागि प्रमुख रोजाइको गन्तव्य मानिन्छ । मुगु जिल्लामा रहेका जनप्रतिनिधि, राजनीतिक दल र सरोकारवाला निकायहरुले रारा वरपरको बाटो लगाएत रारामा पर्यटकहरुलाई बसाइ लम्ब्याउर्ने खालका संरचना निर्माण गर्न आवश्यक रहेको पर्यटकहरुको भनाई छ ।
रारा ताल घुम्न दैनिक १ सय ५० भन्दा बढी पर्यटकहरु आउने गरेका छन् । पर्यटक आगमन वृद्धि भएपछि होटल तथा घोडा ब्यवसायीहरु उत्साहित देखिन्छन् । बिशेष गरी भाद्र ,असोज,कार्तिकमा पर्यटकहरु रारा आउने गरेका छन् । पछिल्लो समय राराको पुरै दृश्य हेर्न पर्यटक मुर्माटसम्म पुग्ने गरेका छन् । मुर्माटबाट सैपाल हिमाल, छायानाथ, चंखेली हिमाल, चुचेमारा हिमाल अन्य धार्मिक तीर्थस्थलसहित बाजुरा, हुम्ला, जुम्ला, अछाम लगायतका ७ जिल्लाको अवलोकन समेत गर्न सकिने भएपछि पनि आन्तरिक पर्यटकको संख्या बर्सेनि बढ्दै गइरहेको हो ।
रारा तालसम्मका लागि सडक मार्ग पनि पुगेको छ । हवाई तथा सडक मार्गको राम्रो पहुँच पुगेको रारामा पर्यटकहरुको बसाई लम्ब्याउनका लागि निकुञ्ज प्रशासनका साथै पर्यटन ब्यवसायीहरुले विशेष आकर्षणका योजनाहरु ल्याउन जरुरी छ ।
