News 24 Television
यलुङ-रि  हिमपहिरो : २ नेपालीकाे मृत्यु पुष्टि,  ५ विदेशीको अवस्था अज्ञात

दोलखा । यलुङ-रि बेसक्याम्प क्षेत्रमा सोमबार बिहान गएको भीषण हिमपहिरोमा परी  ५ जना विदेशी र २ जना नेपाली आरोहीको मृत्यु भएको आशंका गरिएको छ । यद्यपि अहिलेसम्म २ जनाकाे मात्रै मृत्यु पुष्टि भएकाे छ भने ५ जना बेपत्ता अवस्थामा छन् । 

जिल्ला प्रशासन कार्यालय दाेलखाले दिएकाे जानकारी अनुसार ५ जना विदेशी नागरिक हिउँमा पुरिएर बेपत्ता रहेका छन् । ३ जना अमेरिकी, १ क्यानडाली र १ इटालियन नागरिक रहेका छन् । दुई जना नेपाली गाइडको घटनास्थलमै ज्यान गएको जनाएको छ। 

घटनामा ८ जना घाइते भएकाे र उनीहरूकाे उद्धार गरी हाल  उपचार भइरहेकाे छ । हिमपहिरोको असरले बेसक्याम्प वरपरको सम्पूर्ण आरोहण गतिविधि स्थगित गरिएको छ। 

स्थानीयहरूका अनुसार आइतवार बिहानको अविरल हिमपातपछि आएको ठूलो हिमपहिरोले आरोहीहरूका तम्बु समेत बगाएको बताइएको छ। सुरक्षा निकायका अनुसार सम्पर्कविहीन रहेका विदेशी नागरिककाे खोजी कार्य जारी छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update