News 24 Television
‘श्रुति’को १४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सुस्त श्रवण तथा पछि बहिरा भएका व्यक्तिहरूको संस्था ‘श्रुति’को १४औं वार्षिक साधारण सभा आइतबार काठमाडौँमा सम्पन्न भएको छ ।

२०६९ साल श्रावण ३१ गते स्थापित यस संस्थाले स्थापनाकालदेखि नै सुस्त श्रवण भएका व्यक्तिहरूको पहिचान, हक–अधिकार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक समावेशीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। हाल यस संस्थामा ४०—५० जना सदस्यहरू आबद्ध रहेका छन् भने देशभरका करिब ३०० जना सुस्त श्रवण भएका व्यक्तिहरू संस्थाको सम्पर्कमा छन्। बाँके, धनगढी र रुपन्देही लगायतका स्थानहरूमा समेत स्थानीय सञ्जाल विस्तार गरिएको संस्थाले जनाएको छ।

789347722_1084707243902987_5487195494218615719_n-1788098173.jpg
साधारणसभामा संस्थाका सल्लाहकार, डा. दिपक कुमार शर्माले स्थापनाकालदेखि नै श्रुतिले सुस्त श्रवणहरुको हक हितमा काम गर्दै आएको बताए । संस्थाका अध्यक्ष तथा नेतृत्व आफै सुस्त श्रवण भईकन पनि काम गरेको हुनाले सफल भईरहेको उहाँको भनाइ छ ।

सल्लाहकार शारदा ज्ञवालीले स्थापनाकालदेखि नै सिस्टेमाटिक तरिकाले काम गरेको, सानो समुह भए तापनि गहिरो रुपमा बवश्लेषण गर्दै काम गरिरहेकोले सफल भइरहेको बताउनुभयो ।

संस्था रहेको स्थान काठमाडौँ महानगरपालिका वडा नं. ४ का प्रतिनिधि सरु अधिकारीले श्रुतिका हरेक कार्यक्रममा सहभागी भई अवलोकन गरिरहेको बताउनुभयो । बालुवाटारको महेन्द्र राष्ट्रिय स्कुलमा कान जाँच शिविरमा अवलोकन गर्दा कति धेरै सुस्तश्रवण बिधार्थीहरु रहेको देख्दा छक्क परेको उहाँको अनुभव छ । सुस्त श्रवण बालबालिकाहरु सुनाई कम भएकोले दैनिक जीवनमा  निकै समस्या भोगीरहेको, कान जाँच तथा श्रवण शक्तिको जाँचको आवश्यकता अनुभव गरेको, यसले शिक्षकहरुमा पनि चेतनाको विकास भएको बताउँदै उहाँले वडाबाट बजेट छुट्याउनका लागि फेरि पनि पहल गर्ने प्रतिबध्दता जनाउनुभयो ।

552f2d1b-2669-4b18-996f-247aafc5bdab-1788098065.jpg
काठमाण्डौ विश्वविद्यालय स्कुल अफ एजुकेसनका प्रतिनिधि डा. नुर जंग शाहले श्रुतिका कार्यक्रमहरुको प्रशंसा गर्दै अटिज्ममा भए जस्तै काठमाण्डौ विश्वविद्यालय (स्कुल अफ एजुकेसन) ले सुस्त श्रवणहरुको हितको लागि श्रुति संस्था सँग सहकार्य गर्न सकिने कुरा व्यक्त गर्नुभयो ।

संस्थाको दिगोपनाको चिन्ता 

संस्थाका अध्यक्ष निता केशरी (भट्टराई)ले हरेक सामाजिक संस्थाले आफैँ दिगो हुन सिक्न पर्ने बताउँदै थप दक्ष जनशक्ति तयार भइसकेकोले श्रुति दिगोपनातर्फ लम्किएको बताउनुभयो । केन्द्रिय सरकार, कामपा तथा वडा कार्यालयले समयमा नै बजेट उपलब्ध गराएमा थप बालबालिकाहरूको थेरापी सेवा निरन्तरता गर्न सकिने उहाँको भनाइ छ । हाल अन्तर्राष्ट्रिय सहयोगमा कटौती भएकोले संस्थाले कार्यक्रमहरू गर्न समस्या आइपरेको लगायत उहाँले सुनाउनुभयो । श्रुतिको अध्यक्ष हाल अन्तराष्ट्रिय सुस्त श्रवण महासंङको महासचिव पदम समेत निर्वाचित हुनुभएकोले नेपालले पनि अन्तर्राष्ट्रिय नेटवर्कबाट केहि फाईदा लिन सकिनेतर्फ प्रयास गरिने उहाँको भनाइ छ ।

789707736_1084715373902174_4799543010680229234_n-1788098373.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update