News 24 Television
नेपालमा नयाँ–नयाँ रोगको खतरा ! जोगिने कसरी ?

काठमाडौँ । पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनको प्रभाव विश्वभर परेको छ । तर, यसको खतरा तथा प्रभावबाट सबै भन्दा बढि नेपाल जस्तो एसियाली मुलुक परेको देखिन्छ । जलवायु परिर्वनको प्रभाव पछिल्लो समय नेपालमा पनि बढ्दो छ । जसको प्रभावले तापक्रम अत्याधिक बढ्नुका साथै विभिन्न रोगको जोखिमलाई समेत बढाएको छ । 

संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनसम्बन्धि गरिएको अध्ययन प्रतिवेदन मंगलबार सार्वजनिक गर्यो । यस प्रतिवेदनका अनुसार सन् २०२३ सालमा एसियामा बाढीपहिरो र आँधी, मानवीय र आर्थिक क्षतिको प्रमुख कारण जलवायु परिर्वनको प्रभाव रहेको छ । जलवायु परिर्वनले समस्या निम्तनुको प्रमुख कारण विकसित मुलुक भएता पनि यसको मारमा नेपाल जस्तो विकासशिल मुलुक परिरहेका छन् । नेपालमा उद्योगधन्दा, कलकारखाना र औद्योगिक उत्पादन न्यून भए पनि यहाँ जलवायु परिवर्तनको असर भने निकै चर्को परेको देखिन्छ । यसको असरका रुपमा सगरमाथा र अन्य हिमशृंखलामा जलवायु परिवर्तनको चर्को असर पछिल्लो समय टट्कारो रुपमा थालेको छ । 

नेपालको कुल हरितगृह ग्याँस उत्सर्जनमा शुन्य दशमलव शुन्य दुई सात प्रतिशत मात्र हिस्सा रहेता पनि जलवायु परिवर्तनको प्रभाव भने उच्च छ । यूनिभर्सिटी अफ मेनको नेतृत्वमा वैज्ञानिकहरुले विश्वको सर्वोच्च हिमालमा अवस्थित ’साउथ कोल ग्लेसीअर’ विगत २५ वर्षमा ५४ मिटर घटिसकेको पत्ता लगाएका छन् । हिमनदीमा पहिलो पटक बरफ जम्न लागेको समयभन्दा बरफ पग्लिने गति ८० गुणा बढि देखिएको तथ्य समेत बाहिरीएको छ । जलवायुले परिवर्तनको प्रत्यक्ष असर अब हाम्रो स्वास्थ्यमा पनि देखिन थालेको छ । 

नेपालमा देखिएका रोगको भारमा भइरहेको वृद्धि जलवायु परिवर्तनकै असरका रुपमा देखिएको विज्ञहरुले औल्याएका छन् । स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनका आधारमा सन् १९९० मा रोगको जोखिममा मुटु रोग पाँचौं स्थानमा रहेकामा अहिले पहिलो नम्बरमा पुगेको छ । दीर्घ श्वासप्रवास सम्बन्धीसम्बन्धी समस्या छैटौं नम्बरमा देखिएकोमा अहिले दोस्रो नम्बरमा र सातौं नम्बरमा रहेको क्यान्सर समस्या तेस्रो स्थान देखिन्छ । स्वास्थ्य मन्त्रालयको तथ्याक अनुसार नेपालमा हाल नसर्ने रोगको जोखिम ७१ प्रतिशत छ । साथै डेंगी, औलो  जस्ता संक्रमण पछिल्ला केहि वर्ष यता बढ्दो क्रममा छ । 

गर्मी स्थानमा मात्र देखिएन यस्ता कीटजन्य रोगको संक्रमण हिमाली क्षेत्रमा समेत देखिन थालेको छ । जलवायु परिवनको कारक मुलुकका रुपमा नेपाल नभए पछि नेपालले जलवायु परिर्वन निति २०७६ बनाएको छ । साथै जलवायुपरिर्वनको जोखिमसँग जुझ्न ६४ वटा प्राथमिकता प्राप्त अनुकूलन कार्यक्रम निर्धारण पनि गरिएको छ । तर नेपालका राजनीतिक दलहरुले समय समयमा यस विषय मुदा बनाउने गरे पनि यस विषयमा पर्याप्त बहस र विश्लेषण नगरिएको तथा त्यसमा गम्भीरतापूर्वक नलागेको आरोप समेत लाग्ने गरेको छ । 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update