News 24 Television
वीरगन्जमा १ जना भारतीय नागरिकमा कोराना संक्रमण पुष्टि 

वीरगन्ज ,पर्सा । पर्सामा १ जना भारतीय नागरिकमा कोराना संक्रमण पुष्टि भएको छ । मंगलबार वीरगन्ज भन्सार कार्यालय अगाडि स्थापना गरिएको हेल्थडेस्कका स्वास्थ्यकर्मीले सवस्थ्य परीक्षण गर्ने क्रममा उक्त व्यक्तिमा कोराना संक्रमण पुष्टि भएको हो ।

भारतको कोलकत्ताबाट आएका २५ वर्षीय युवकमा कोरोनाको लक्षण देखिएकोमा उनलाई एन्टीजेन परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हेल्थडेस्कका स्वास्थ्यकर्मी कृष्ण कुशुवाहले जानकारी दिए । 

उनले पोजेटिभ देखिएको युवकलाई भारतीय प्रहरीको समन्वयमा फिर्ता पठाईएको जानकारी दिए । मुलुकका विभिन्न नाकाहरुबाट धमाधम कोरोना संक्रमितहरु फेला परिरहेको अवस्थालाई मध्यनजर गर्दै पर्साको सिमानाकामा समेत सतर्कता अपनाउन थालिएको छ । 

दैनिक हजारौँको संख्यामा आवतजावत गर्ने वीरगञ्ज नाकामा किटको अभावमा गन थर्ममिटरको भरमा चेकजाँच गनुपर्ने स्वास्थ्यकर्मीलाई बाध्यता थियो । करिब २ दिन अघी स्वास्थ्य मन्त्रालयबाट प्राप्त किटबाट चेकजाँच गर्दा १ जना संक्रमित फेला परेको हो । 

हाल ७ जना कार्यरत स्वासथ्यकर्मीहरुले दैनिक ३ सय देखी ५ सयको स्क्रिनीङ गरिरहेका छन् भने कोरोना सम्बन्धी लक्षण देखिएकाहरुमा एन्टीजेन परीक्षण गरिरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update