News 24 Television
संसदीय समितिद्वारा भक्तपुर क्यान्सर अस्पतालको स्थलगत  अवलोकन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतकाे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शुक्रबार भक्तपुर क्यान्सर अस्पतालको स्थलगत  अवलोकन भ्रमण गरेको छ। 

समितिका सभापति माननीय अमर बहादुर थापासहितको टोलीले शुक्रबार अस्पतालमा पुगेर विभिन्न सेवा प्रवाह, भौतिक पुर्वाधार, उपचारमा प्रयोग भइरहेका मेसिनहरु  र अस्पतालका भावी योजनाका  बारेमा जानकारी लिएका  थिए।

भ्रमण तथा अवलोकन टोलीमा समितिका सदस्य डा. तोसिमा कार्की र देवेन्द्र पौडेल सहभागी थिए। 

2519bd0f-08ca-4831-8e6d-76c6d74b701d-1749824276.jpg
यसै क्रममा अस्पतालका कार्यकारी निर्देशक डाक्टर उज्वल चालिसेले अस्पतालको सम्पुर्ण गतिविधि र हाल उपचारका लागि सेवा र अवस्थाका बारेमा भ्रमण टोलीका  सदस्यहरुलाइ  जानकारी गराए ।
 
कार्यकारी निर्देशक डा: उज्वल चालिसेले भने, 'हाल सम्मको सम्पुर्ण गतिबिधी र अस्पतालका सेवा प्रभाहका बारेमा जानकारी गराए, छलफल तथा भेट्घाट धेरै उपलब्धिमूलक रहयो ।'

भक्तपुर क्यान्सर अस्पतालबाट हालै देशका विभिन्न ठाउँमा सञ्चालन गरिएका क्यान्सर शिबिरका बारेमा समेत समितिका टोलिलाइ जानकारी गराएको र सो कार्य अत्यन्त सहरानिय काम भएकोले समितिको तर्फबाट समेत प्रशंसा पाएको  डा: चालिसेले बताए ।

f36f00db-a2f9-491d-a266-6f6e4b626ac6-1749824292.jpg
भक्तपुर क्यान्सर अस्पतालले केही समयपछि  रेडियोथेरापी, किमोथेरापी, प्यालिएटिभ केयर, बालक्यान्सर सेवा लगायतका सेवामा अझ प्रविधियुक्त बनाउँदै विस्तार गर्ने योजना बनाएको छ। तर, दक्ष जनशक्ति, पर्याप्त बजेट, भौतिक पूर्वाधारको अभाव र सरकारी प्राथमिकताको कमीले केही योजना कार्यान्वयनमा ढिलाइ भइरहेको बारेमा समेत समितिलाई जानकारि गराएको पनि  डा. चालिसेले बताए ।

समितिले अस्पतालको प्रभाबकारी सेवाको  विसकासका लागि नीतिगत तह निर्माण तथा अन्य विभिन्न कुराको सहयोग र प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update