News 24 Television
मूल्य समायोजनको विरोधमा उत्रिए वीरगञ्जका औषधि व्यवसायी

वीरगञ्ज,पर्सा । स्वास्थ्य मन्त्रालयले औषधिहरुको मूल्य समायोजन गर्ने निति ल्याउन लागेको भन्दै पर्साका औषधी व्यवसायीहरु धर्नामा बसेका छन् । 

औषधि व्यवसायलाई पूर्ण रुपमा बेवास्ता गर्दै ल्याउन लागेको नितिको विरोधमा उनीहरुले आज औषधि व्यवस्था विभाग वीरगञ्ज अगाडी कालो पट्टी बाधेर धर्नामा बसेका हुन् । 

विरोध कार्याक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले राज्यले राष्ट्रस्तरमा स्थापित भएका औषधि उ्द्योगहरुलाई मूल्य समायोजनको नितिले धरासायी बनाउने बताए । उनले उपभोक्तालाई सहज बनाउने भन्दा पनि बजारमा औषधिको अभाव सृजना हुने भन्दै यसतर्फ सरकारलाई ध्यानाकर्षण गराउन विरोध गरिएको बताए । 

895edff7-6c20-433c-ac41-1ed497a55094-1749827030.jpg
यस्तै औषधि उत्पादक संघ मधेश प्रदेशका उपाध्यक्ष प्रभात रुंगटाले औषधी व्यवस्था विभागले एकलौटी ढंगमा औषधिको मूल्य निर्धारण सिफारिस समिति गठन गरी बनाएको प्रतिवेदन आफूहरुलाई मान्य नहुने बताए । 

उनले समिति गठन गर्ने क्रममा औषधि व्यवसाय वा कुनैपनि सरोकारवाला निकायलाई नराखी बनाएको प्रतिवेदनले औषधि आयातकर्ता र उत्पादक दुवैलाई प्रतिकुल असर पर्ने बताए । उनले २०७५ सालमा बनाएको प्रतिवेदन लागु नगरी नयाँ प्रतिवेदन बनाएको असन्तुष्टी जनाए । 

हाल बारा–पर्सा औद्योगिक करिडोरमा १४ वटा औषधि उद्योगहरु संचालनमा छन् । यी उद्योगहरुबाट मुलुकलाई आवश्यक पर्ने करिब ५० प्रतिशत औषधि उत्पादन हुने गर्दछ भने करिब ८० प्रतिशत औषधिहरु वीरगञ्ज नाकाबाट आयात हुने गरेको उपाध्यक्ष रुगंटाको दाबी छ ।  

नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यावसायिक संघ, नेपाल मेडिकल एशोसियसन, आयातकर्ता संघलगायत १० वटा संस्थाले संयुक्त रूपमा विरोध कार्यक्रम सुरू गरेका हुन् । संघसंस्थाहरूले वीरगञ्जसहित, काठमाण्डौँ, विराटनगर, र नेपालगन्जका औषधि व्यवस्था विभागका शाखा कार्यालयहरूमा मुखमा कालो पट्टी बाँधेर मौन धर्ना थालेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update