News 24 Television
पर्यटकको ओइरो लाग्यो, महिनामै लाखभन्दा बढी भित्रिँदै  

काठमाडौँ । कोभिड–१९ महामारीका कारण थला परेको पर्यटन क्षेत्र पर्यटक आगमन बढेसँगै लयमा फर्किने क्रममा छ । अहिले मासिक औसत १ लाखभन्दा माथि पर्यटक नेपाल आउने गरेका छन् । यता, सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजना अन्तर्गत नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना कार्यानव्यनमा ल्याईसकेको छ । जस अन्र्तगत सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य सरकारको छ । पछिल्लो केही महिना यताको मात्रै पर्यटक आगमनको तथ्यांक हेर्ने हो भने, सरकारको लक्ष्य पुरा हुने सम्भावना देखिन्छ ।

सन् २०२३ को अप्रिलको तुलनामा २०२४ को अप्रिलमा पर्यटकको आगमन बढेको छ । २०२३ को अप्रिलमा कुल ९८ हजार ७ सय ७३ पर्यटक आएका थिए । २०२४ को सोही अवधिमा एक लाख ११ हजार ३ सय ७६ पर्यटक आए । नेपाल पर्यटन बोर्डका अनुसार, २०२२ को अप्रिलमा ६१ हजार ५ सय ८९, २०२१ मा २२ हजार ७ सय ३२, २०२० मा १४ र २०१९ मा एक लाख नौ हजार ३ सय ९९ पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार, अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । 

२०२४ को कुन महिनामा कति आए पर्यटक ?

जनवरी    :   ७९ हजार १ सय
फेब्रुअरी  :   ९७ हजार ४ सय २६
मार्च       :   १ लाख २८ हजार १ सय ६७
अप्रिल    :   १ लाख ११ हजार ३ सय ७६

नेपाल आउने पर्यटकमध्ये भारतीय पहिलो स्थानमा छन् । पछिल्लो चार महिनामा भारतबाट मात्र १ लाख १० हजार ५ सय ७३  पर्यटक आएका छन् । भारतपछि नेपालमा चीनबाट बढी पर्यटकहरू आउने गरेका छन् । चार महिनामा चीनबाट ३८ हजार २ सय ९० आएको पर्यटन बोर्डले जनाएको छ । पछिल्लो समय चीनले नेपालसँगका सबै नाका खुला गरेका कारण पनि स्थलमार्गबाट पर्यटक आगमन सुरु भएको छ । 

यता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२४ मा दोब्बर संख्यामा पर्यटक आगमन गराउने घोषणा गरिसकेका छन् । २०२४ मा  सरकारको लक्ष्य २० पर्यटक भित्राउने रहेको छ । तर, सरकारले आफैले घोषणा गरेको पर्यटक दशकको कार्यक्रमलाई सक्रिय बनाएर आक्रामक प्रचार भने गर्न सकेको छैन ।

देशका विभिन्न राजमार्गको निर्माणसँगै स्तरओन्नति भैरहेकाले पनि पर्यटकको यात्रा कष्टकर भैरहेको छ । पोखरा र भैरहवा विमानस्थलबाट व्यवसायिक अन्तराष्ट्रिय उडान हुन सकेको छैन । यी दुई विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन सकेमात्र पनि पर्यटक आगमन सजिलै दोब्बर हुने देखिन्छ । यस तर्फ सरकारी पहल आवश्यक छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update