काठमाडौं । डिजिटल बैंकिङ परम्परागत बैंकिङ भन्दा सहज, कम झन्झटिलो कम खर्चिलो प्रविधि हो । बैंक खाता खोल्ने, ऋणको आवेदन दिने, भुक्तानी गर्ने, पैसा पठाउने लगायतका वित्तीय कारोबार अहिले घरबाटै गर्न सकिन्छ । प्रविधिको विकाससँगै बैंकिङ कारोबार पनि डिजिटल बन्दै गएको हो । प्रविधिको विकाससँगै चुनौती र जोखिम पनि थपिएका छन् ।
प्रविधिको क्षेत्रमा नयाँ÷नयाँ आविष्कार गर्ने होडबाजीले गर्दा विश्वभर विभिन्न क्षेत्र र तीनले दिने सेवामा अकल्पनीय सफलता हासिल हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थता र आर्थिक कारोबारमा संलग्न अन्य संस्थाहरुले डिजिटल प्रविधिको प्रयोगलाई तीव्रता दिइरहेका छन् ।
यसले मानव जीवन सरल मात्रै होइन पहिलेभन्दा परिस्कृत बनाइदिएको छ । घरमै बसेर बैंक खाता खोल्ने, ऋणको आवेदन दिने, भुक्तानी गर्ने, पैसा पठाउने लगायतका सेवा पाउन सकिने भएको छ । डिजिटल प्रविधिको प्रयोगसँगै कारोबारमा नयाँ किसिमका चुनौति र जोखिम आउने गरेका छन् ।
प्रविधिमा आश्रित ग्राहकले कारोबार गर्दा सुरक्षाको मापदण्ड नअपनाए जोखिमको सामना गर्नुपर्ने हुन्छ । ओटीपी कोडको प्रयोगमा गरिने लापरवाही, असुरक्षित इन्टरनेटको माध्यमबाट गरिने कारोबार लगायतले जोखिम बढाउँछ । प्रयोगकर्ताले आवश्यक सावधानी नअपनाउँदा खाताबाट रकम चोरी हुने र व्यक्तिगत सूचना हराउनसक्छ ।
विद्युतीय कारोबारले नोटको प्रयोगलाई कम गराउँदै विस्थापित गर्ने उद्देश्य बोकेको हुन्छ । यसले राज्यदेखि नागरिकको खर्च घटाउन मद्दत गर्दछ । अर्थात राज्यलाई नोट छपाईको भार कम गरिदिन्छ भने नागरिकलाई कम खर्चिलो वित्तीय सेवा प्रदान गर्दछ । तर लाभ धेरै देखिएपनि जोखिम पनि उतिकै रहेकाले सावधानी अपनाउनु पर्छ । ग्राहकलाई ह्याकरको चंगुलबाट जोगाउन गोप्य पासवर्ड देखि यसको ऐन–नियमसम्मको ज्ञान दिन जरुरी छ ।
डिजिटल बैंकिङमा जातिसुकै चुनौति भएपनि अवको भविस्य यही नै हो । कारोबार सुरक्षित बनाउन नियामक निकायले विभिन्न ऐन, कानुन, नीति नियम बनाएको हुन्छ । बैंकहरुले पनि प्रर्वाधार निर्माण र अप्रेडका लागि ठूलो रकम लगानी गरेका हुन्छन् । यो भन्दापनि बढी डिजिटल बैंकिङ प्रयोगकर्ता आफै सचेत बन्न आवश्यक छ ।