News 24 Television
अर्थमा चुक्न थाल्यो सरकार ! राजश्व उठाउने निकाय भएनन् प्रभावकारी !

काठमाडौं । सरकार अर्थतन्त्रका क्षेत्रमा चुक्दै गएको छ । यस पटक पनि लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल देखिएको छ । राजश्वको यस्तो अवस्थाले चालु खर्च धान्न समेत कठिन पर्ने देखिएको छ । 

राज्य सञ्चालनका लागि नभई नहुने एक महत्वपूर्ण तत्व भनेको धन हो । अर्थात, राज्यकोष । अन्य बाहिरी सहयोगको पक्ष एक पाटो भयो, तर मुख्यतया राजश्वबाट राज्यकोष   जम्मा हुने हो । तर, सरकार राजश्व संकलन कार्यमै चुकिरहेको छ । 

अहिले हेर्दा लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ । सरकारी निकायहरुले प्रभावकारी रुपमा राजश्व उठाउन ध्यान नदिदाँ लक्ष्यअनुसार राजस्व संकलन हुन छाडेको देखिन्छ ।  

चालु आर्थिक वर्षको राजश्व अवस्था तथ्यांकमा हेर्दा,

-    अर्थमन्त्रालयकाअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले रु. २ खर्ब ४९ अर्ब मात्रै राजश्व उठायो 

-  सरकारको लक्ष्य थियो, यो अवधि अर्थात असोज मसान्तसम्ममा ३ खर्ब २१ अर्ब रुपैँया राजश्व उठाउने 

-   अघिल्लो आर्थिक वर्षको यो अवधिको तुलनमा संकलित राजश्व झिनो मात्रमा बढी, लक्ष्यमा पुग्न सकेन

-   गत आर्थिक वर्षको असोजसम्ममा सरकारले रु. २ खर्ब ४८ अर्ब राजश्व उठायो 

-    अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा राजश्व वृद्धिदर ०.३२ प्रतिशत मात्रै 

-    राजश्व वृद्धिदर ०.३२ प्रतिशत मात्रै बढ्नुले सरकारी संयन्त्र राजश्व संकलन गर्न तदारुकताकासाथ नलागेको प्रष्ट 

-   चालु आर्थिक वर्षमा सरकारको लक्ष्य– रु.१४ खर्ब ८० अर्ब राजश्व संकलन गर्ने 

-    तर, असोज मसान्तसम्ममा राजश्वका कुनै पनि शीर्षकमा छैन उत्साहजक रुपमा राजश्व संकलन 

-    असोज मसान्तसम्ममा भन्सार महसुल रु. ७० अर्ब भन्दा बढी उठाउने लक्ष्य तर, रु. ५६ अर्ब ८५ करोड मात्रै संकलन 

-    मूल्य अभिवृद्धि कर (भ्याट) रु. ९४ अर्ब ११ करोडको लक्ष्य असोज मसान्तसम्मको 

-    तर, भ्याटमा रु. ८१ अर्ब २३ करोड मात्रै राजश्व संकलन

-    समिक्षा अवधिमा अन्तशुल्कतर्फ रु. ४८ अर्ब ६५ करोडको लक्ष्य रहेकोमा रु. ४७ अर्ब ८३ करोड मात्रै राजश्व संकलन 

- अन्तशुल्क शिर्षकमा पनि लक्ष्यअनुसार राजश्व उठाउन सरकारी संयन्त्रहरु चुके 

-  आयकरतर्फ रु. ७१ अर्ब २२ करोड राजश्व संकलनको लक्ष्य राखिएकोमा ४६ अर्ब ९० करोड मात्रै राजश्व संकलन 

-    गैरकर तर्फपनि लक्ष्यअनुसार राजश्व उठेको छैन । अर्थमन्त्रालयका अनुसार रु. ३५ अर्ब ५२ करोडको लक्ष्य असोज मसान्तसम्म गैरकरतर्फ उठाउने रहेकोमा रु. १४ अर्ब ७२ करोड मात्रै संकलन 

-   पहिलो त्रैमासमा राजश्वका लक्ष्य नभेट्नुले आगामी दिनमा सरकारलाई चालु खर्च धान्न समेत राजश्वले नपुग्ने स्थिति आउनसक्ने खतरा 

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार अहिले दैनिक सरकारको चालु खर्च झन्डै रु. ३ खर्ब बराबरको छ, तर आम्दानी भने दैनिक रु. २ खर्ब ८० अर्ब मात्रै रहेको   छ । यस अवस्थाले समग्र अर्थतन्त्रमा जोखिम निम्त्याउने देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update