
कास्की । लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ अन्तर्गत आईतबार पोखरामा जलवायु परिवर्तनको असर, मिडिया क्षेत्रको वर्तमान अवस्था, सम्भावित चुनौतीहरु र गण्डकी प्रदेशको पर्यटन विकासकाबारे विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ । जलवायु परिवर्तनले निम्त्याएको जलवायु संकट, समस्या पहिचान र पत्रकारिताको भूमिका लगाएत विविध पक्षमा छलफल गरिएको छ । साथै प्रस्तुति र सुझावहरू विश्लेषण गरि घोषणा पत्र जारी गर्ने तयारीका साथ मिडिया समिटको पूर्व सन्ध्यामा विशेष छलफल गरिएको हो ।
नेपाल प्रेस युनियनको आयोजनामा हुन लागेको ’लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ अन्तर्गत आईतबार पोखरामा जलवायु परिवर्तनको असर र सम्भावित चुनौतीबारे विशेष छलफल कार्यक्रम भएको छ ।
समिटको पूर्वसन्ध्यामा आयोजित छलफलमा जलवायु परिवर्तनले सिर्जना गरेको संकट, समस्या र समाधानका उपायहरूमाथि गहिरो बहस भएको छ । साथै मिडिया क्षेत्रको वर्तमान अवस्था, सम्भावित चुनौतीहरु, गण्डकी प्रदेशको पर्यटन, विकासका बारेमा विशेष छलफल भएको थियो ।
कार्यक्रममा जलवायु परिवर्तनले निम्त्याएको जलवायु संकटको विषयमा सहभागीले चर्को आवाज उठाएका छन् । जलवायु परिवर्तनको असरले कहिल्यै पानी नपर्ने ठाउँमा पनि बाढी आई वितण्डा मचाएको अनुभव सुनाउँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चिन्ता व्यक्त गरे ।
गण्डकी प्रदेशका विभिन्न जिल्लाको यात्रा गर्दै निस्कने टोलीमा अन्तर्राष्ट्रिय पत्रकार महासंघसँग आबद्ध विभिन्न २० देशका पत्रकार, नेपालका अग्रज पत्रकार लगायत करिब २ सय जनाले भाग लिएका छन् ।
समिटमा पोखरा आएको टोलीले गण्डकी प्रदेश तथा पर्यटनको राजधानी पोखराको पर्यटनको बारेमा छलफलसँगै नेपाली पत्रकारितामा पत्रकारहरुले भोग्नु परेका कठिनाइ, अवसर र चुनौतीमा समेत छलफल भएको छ ।
कार्यक्रमका सहभागीलाई स्वागत गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले मीडिया भनेको समाचार बनाउने एउटा यन्त्र मात्र नभई चेतना फैलाउने शक्ति भएको बताए ।
सोमबार लोमान्थाङमा हुने समिटमा जलवायु परिवर्तनले निम्त्याएको जलवायु संकट, समस्या पहिचान र पत्रकारिताको भूमिका लगायत विविध पक्षमा थप गहिरो छलफल, प्रस्तुति र सुझावहरू विश्लेषण गरी घोषणा पत्र जारी गरिनेछ । समिटले नेपाली पत्रकारिताको भावी दिशा निर्देशन, जलवायु संकटको न्यूनीकरण लगायतका विषय नीति निर्माण तहसम्म सशक्त सन्देश पु¥याउने अपेक्षा राखिएको छ ।