News 24 Television
कोदोका परिकार खानेको भीड, रैथाने बाली–ज्यानलाई फाइदा !

दोलखा । पछिल्लो समय नेपालमा रैथाने बाली खेती गर्ने किसानको संख्या घट्दै गएको छ । बजारको अभाव, श्रमशक्तिको कमी र आधुनिक कृषि प्रणालीप्रतिको आकर्षणले गर्दा कोदो, मकैजस्ता परम्परागत बाली संकटमा पर्न थालेका हुन् । तर, रैथाले बालीमाथिको संकट कम गर्न दोलखाका केही होटल तथा रिसोर्टहरूले यस्ता बालीको संरक्षण र प्रवद्र्धनमा नयाँ पहल शुरु गरेका छन् । 

दोलखाको अधिकांस भेगमा कोदो खेती हुने गर्दछ । कोदोखेती जनशक्तिको अभाव ,र झन्झटिलो बाली भएकोले बिस्तारै कम हुँदै गएको छ । तर, यस्ता रैथाने बालीको संरक्षण एवम् प्रवद्र्धनका लागि होलट व्यवसायीहरुले अभियान थालेका छन् । 

एक समय ‘कोदो’ भन्नेबित्तिकै मानिसको मनमा ढिँडो वा रक्सीको मात्र कल्पना आउँथ्यो। अचेल दोलखाका होटलहरूमा कोदोको मम, समोसा ,निम्की लगायतका विभिन्न स्वादिलो परिकार तयार पारेर ग्राहकहरूलाई आकर्षित गराउन   थालिएको छ। कोदो शरीरको लागि एकदमै लाभ दायक मानिन्छ ,मधुमेह रोग लागेका मानिसका लागि यो अतिनै उपयुुक्त मानिन्छ ।यसमा क्याल्सियम फसफोरस र फलाम प्रचुर मात्रामा पाइन्छ ।कोदोले कोलस्ट्रोल कम गर्न पनि मद्दत गर्छ ।

यसमा चामल र मकै भन्दा ३५ गुणा क्याल्सियम पाइन्छ ।  यस्ता परिकार हरु खान पाउदा खुसी लागेको ग्राहकहरु बताउँछन् ।

दि पुचुर्खा रिसोर्टका संचालक अजय प्रधानले रैथाने बालीको महत्व बुझ्दै होटलमा कोदो र मकैका विविध परिकार उपलब्ध गराउन थालेका हुन् । उनले स्थानीय किसानबाटै यी बाली खरिद गरी अग्र्यानिक परिकार बनाएर ग्राहकलाई खुवाउने गरेका छन्। साथै, समय–समयमा विद्यालय र आश्रमहरूमा निःशुल्क वितरणसमेत गर्दै आएका छन्। उनले यो काम पैसाका लागि मात्र होइन, सेवाको भावना लिएर सुरु गरेको, पर्यटकलाई तल्लो भेगको चाउमिन र बर्गरभन्दा गाउँकै शुद्ध रैथाने खाजामा आकर्षण गर्न खोजिएको बताउछन् ।  
बाइट ः अजय प्रधान , सञ्चालक , दि पुचुर्खा रिसोर्ट, दोलखा
दोलखाका अन्य होटलहरूमा पनि रैथाने परिकारको लोकप्रियता बढ्दै गएको छ। पहिले थकाली खाना मात्र माग हुन्थ्यो, तर अहिले कोदोको ढिँडो, लोकल कुखुराको झोलजस्ता परिकार नै पर्यटकको रोजाइमा पर्न थालेका होटेल व्यवसायी बताउछन् ।  

ग्राहकहरुले खानको लागि मात्रै हैन कोसेली स्वरुप पनि लिएर जाने गर्दछन् ।  

व्यापारीहरु कोदो मकै जस्ता रैथान बाली हरु खोजी खोजी लैजाने भएकोले रैथाने बालीका पिसान नै बढी हुने मिल संचालक चक्रबहादुर  श्रेष्ठ बताउँछन् ।

पछिल्लो समयमा जग्गा बाझो हुदै गएको छ । उचित मुल्य र मकै,कोदो,फापर जस्ता रैथाने बालिहरु को फाइदा को बारेमा कृषक हरुको ध्यानाकर्षण गराउनु पर्ने देखिन्छ ।स्थानीय सरकारको उचित ध्यान र सहयोग भएमा कृषकहरू रैथाने बालीतर्फ फर्किने र पर्यटनसँगै कृषि क्षेत्र पनि लाभान्वित हुनेमा होटल व्यवसायीहरू विश्वस्त देखिन्छन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update