
बारा । शुक्रबार र शनिवारको हावाहुरीले तराईका जिल्लाहरुमा ठूलो क्षति पु¥याएको छ । चितवन, नवलपरासी, नवलपुर तथा बारा पर्सा लगायतका जिल्लामा हावा हुरीले ठूलो नोक्सानी पु¥याएको छ ।
यता हावाहुरीले ठूलो परिमाणमा केरा खेतीमा क्षति पु¥याएको भन्दै बाराका किसान चिन्तित भएका छन् । बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट करिव ४ करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ ।
हुरीले पाक्ने बेला भएको केराको बोट ढालेपछि निजगढ नगरपालिकाका किसान चिन्ति भएका छन् । केरा पकेट क्षेत्रको रुपमा रहेको बाराको निजगढ नगरपालिकामा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिदै आएका थिए । तर बेच्ने बेला भएपछि आएको हुरीले किसानको केरा खेतीमा क्षति गरेको र किसानहरु समस्यामा परेका हुन् ।
‘वडा नम्बर ९ मा मात्रै २ करोडभन्दा बढीको केरा खेती नष्ट भएको छ । किसानले लगाएको २३ सयभन्दा बढी केराको बोट हुरीले ढालेको छ ।
चिनी मिलहरुबाट बक्यौता नपाएर निरास भई यहाँका किसानहरु केरा खेतीतर्फ लागेका हुन् । ऊखु मासेर शुरु गरएको केरा खेतीपनि हावाहुरी र असिनाले नष्ट गरेपछि किसान चिन्तित भएका छन् ।
केरा खेतीमा ठुलो क्षती भएकोले राज्यले किसानलाई क्षतीपुर्ती उपलब्ध गराउनु पर्ने माग किसानहरुको छ ।
सवैभन्दा बढी क्षती निजगढ नगरपालिका वडा नम्वर ९ मा भएको र अझैपनि केरा खेतीमा पु¥याएको विवरण संकलन गर्ने कार्य भइरहेको बारा जिल्ला फलफुल तथा केरा उत्पादक संघका अध्यक्ष एक बहादुर श्रेष्ठले बताए ।
बाराको निजगढ नगरपालिका केरा खेतीको लागि पकेट क्षेत्र हो । केरा ब्लकबाट बिकसित हुदै केरा जोनको रुपमा स्थापित यस नगरपालिकामा मात्रै करिव १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिक केरा खेती गरिँदै आएको छ ।
अन्य बालीको तुलनामा खेती गर्न सजिलो, मेहनत कम र आम्दानी बढी हुने गरेको किसानहरु केराखेतीतर्फ आकर्षित भएका हुन् ।
त्यसैले ऊखु पीडित किसानहरुको केराखेती तर्फ बढेको आकर्षण कम गर्न नदिन केन्द्रदेखि स्थानीय तहको सरकारले हुरीबाट भएको क्षतिको विवरण संकलन गरी राहत उपलब्ध गराउन जरुरी छ ।