
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको पूर्वतयारी स्वरूप प्रि–समिट आयोजना गरिएको छ । सुदूरपश्चिमको विकासका लागि आन्तरिक तथा बाह्य लगानी जुटाउने उद्देश्यले धनगढीमा लगानी सम्मेलन गर्न लागेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको पूर्वतयारी स्वरूप प्रि–समिट आयोजना गरिएको छ ।
सुदूरपश्चिमको विकासका लागि आन्तरिक तथा बाह्य लगानी जुटाउने उद्देश्यले लगानी तथा विकास सम्मेलनको पुर्व तयारी गरिएको हो । प्रदेश सरकारले आगामी असोज १ र २ लगानी सम्मेलन गर्दैछ । सुदूरपश्चिम प्रदेशको प्राकृतिक स्रोत साधन, सांस्कृतिक सम्पदा र रणनीतिक भौगोलिक अवस्थितिलाई सदुपयोग गर्दै रुपान्तरणमुखी आर्थिक विकास गर्ने लक्ष्य राखिएको छ ।
सुदूरपश्चिमको विकासका विभिन्न योजनाहरूको पहिचान सम्मेलनमा लगानीकर्तासमक्ष प्रस्तुत गर्ने प्रदेशको तयारी छ । अहिले कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रका योजनाहरू पहिचानको गृहकार्य भइरहेको र संघीय सरकारले समेत सक्दो समन्वय गर्ने संघीय सरकारका मन्त्रीहरुको भनाई छ ।
उद्योग, खानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात, कृषि, जडिबुटी, ऊर्जा, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रहरूमा लगानी प्रवद्र्धन गर्न सरकारी, निजी र सहकारी क्षेत्रबीचको साझेदारीलाई सशक्त बनाउँदै समृद्धि, विकास र रोजगारी सृजनाको वातावरण तयार पार्ने उद्देश्य लिइएको छ । सम्मेलनको मूल नारा ‘सुदूरपश्चिमको सशक्तीकरणः लगानी, नवप्रवर्तन र उन्नति’ रहेको छ । औद्योगिक विकासलाई प्राथमिकतामा राख्न जनप्रतिनिधिले सुझाव दिएका छन् । सम्मेलनले सुदूरपश्चिमको बिकासमा सहयोग पुग्ने सहभागिहरुले बताएका छन् ।
सरकारले प्रदेशको लगानी सम्मेलनमा प्रस्तुत गरिने योजना छनोट गर्न ८८ वटै स्थानीय तहलाई उच्च प्राथमिकतामा रहेका एक–एकवटा योजना सिफारिस गरेर पठाउन भनेको छ । सम्मेलन अघि लगानीको वातावरण बनाउन सहभागिहरुले जोड दिएका छन् । नीति तथा कानुनमा आवश्यक सुधार गरी सुदूरपश्चिममा लगानीको वातावरण निर्माण गर्नुपर्ने बताइएको छ ।
मित्रराष्ट्र तथा दातृ निकायहरूलाई सुदूरपश्चिममा सहायता तथा लगानी गर्न प्रदेश सरकारले आग्रह गरेको छ । एउटा पनि औद्योगिक क्षेत्र नरहेको सुदूरपश्चिममा ठुला उद्योग पनि छैनन् ।
कैलालीको डुडेझारी र कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र स्थापनाको काम वर्षौँदेखि अघि बढ्न सकेको छैन । प्रदेशमा पहिलोपटक हुन लागेको लगानी सम्मेलनले लगानी भित्र्याउन केही न केही मद्दत पुग्ने अपेक्षा गरिएको छ । यसैगरी, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विकास साझेदार, लगानीकर्ता, स्थानीय उद्योगी व्यवसायीको परामर्श र सहभागिता सुनिश्चित गरि सुदूरपश्चिम प्रदेश लगानी गर्न लागेको हो ।
सम्मेलनमा संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदार, विदेशी र स्वदेशी लगानीकर्ता, नीति निर्माता, बैंक तथा वित्तीय संस्था, एनआरएन, व्यवसायिक संघसंस्था, शोध संस्थाहरू, स्थानीय उद्यमी, स्टार्टअप प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।