
दोलखा । काठमाडौबाट दोलखाको खरिढुङ्गा पुग्न २ घण्टा ३० मिनेट जति लाग्छ । समुद्री सतहबाट २६६० मिटरको उचाइमा अवस्थित खरिढुङ्गा ,दोलखा जिल्ला कै सुन्दर र कम चर्चित गन्तव्य हो ।
सिन्धुपाल्चोक र दोलखाको सीमानामा रहेको खरिढुङ्गा दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा पर्दछ । स्थानीयको आर्थिक स्तरोन्नति को एउटा पाटो बनेको छ खरि ढुङ्गा । यहाँका ढुङ्गाहरु भाँडाकुडा निर्माण र औधोगिक प्रयोजनमा प्रयोग हुने गरेको छ ।
जब तपाई काठमाडौबाट दोलखाको लागि प्रस्थान गर्नु हुन्छ, शुरुवातमा तपाईं सिन्धुपाल्चोकको मुडे पुग्नु हुन्छ । त्यहाँ प्रत्येक होटलका बाहिर सुन्दर खरीका भाडकुडा झुन्ड्याइएको हुन्छ ।प्रत्येक दोलखा हिड्ने यात्रुको मन ती भाडाकुडाले तानी सकेको हुन्छ । अनि अधिकासको मनमा आहा यी भाडा कहाँ र कसरी बनेका होलान् भन्ने उब्जन्छ ।
सिन्धुपाल्चोकको मुडे देखि दोलखाको खरिढुङ्गा सम्म देखिने यी दृश्य दोलखामा उत्पादित खरिबाट बनाइएका सामाग्रीको हो । खरिढुङ्गा भन्ने नाम पनि यस क्षेत्रमा पाइने ढुंगाको नाम बाटै परिचित बनेको हो ।
म्याग्नेसाइट खनिजले भरिपुर्ण खरिढुङ्गा नेपालकै खनिज क्षेत्रमा सम्भावना बोकेको स्रोतको रूपमा लिइदै आएको छ। यहाँका ढुङ्गाहरु भाडाकुडा निर्माण र औधोगिक प्रयोजनमा प्रयोग हुने गरेको छ ।
स्थानीय को आर्थिक स्तरोन्नति को एउटा पाटो बनेको छ खरि ढुङ्गा । यस स्थानका मानिसहरूले ढुङ्गाका गमला,तावा, मन्दिर ,आदि आकर्षक भाडाकुडा बनाई बिक्रीवितरण गर्ने गरेका छन ।
सबैभन्दा बढि यि सामाग्री दोलखाको सिमानामा अवस्थित सिन्धुपाल्चोकको मुडेमा देख्न सकिन्छ । देख्दै आकर्षक देखिने यि भाडाकुडामा जो कोही को पनि मन लोभिन्छ।यहाँका सामाग्री अत्यन्तै आकर्षक हुने हुनाले आफुले खरिद गर्ने गरेको ग्राहक बताउँछन् ।
सामान बनाउन अत्यन्तै मेहेनत र ढुङ्गा लिएर आउन पनि त्यति नै जोखिम मोल्नु पर्ने भएकोले अलि झन्झटिलो रहेको कालिगडहरु बताउँछन् । हुन त यस कामलाई सरकारले मान्यता दिएको छैन । तर पनि आफैले जोखिम मोलेर स्थानीयले यस कामलाई कमाई खाने भाडो बनाई रहेका छन् । महिला देखि युवा सम्मले यो ढुङ्गा बाट हातले बनाएका गमला,फुलदानी,सजावटका सामाग्री उत्पादन गरि स्वरोजगारको बाटो आफैले रोजेका छन ।
लाङटाङ हिमाल,गणेश हिमाल र जुगल हिमालको सुन्दर दृश्य यहीँबाट देख्न सकिन्छ । खनिज श्रोत सम्पदा र शान्त वातावरणले भरिएको खरिढुङ्गा ,शान्ति र रमणीयता खोज्ने पर्यटक को लागि एकदमै उत्कृष्ट ठाँउ हो ।
हिउँद महिनामा सेताम्मे हिउँले त झनै यस स्थललाई मनमोहक नै बनाउछ । बागमती सरकारले यसको संरक्षणको लागि भन्दै ३ करोड छुट्टयाएको भिमेश्वर नगरपालिकाले जनाएको छ । यसको संरक्षणमा केहि पहल गरेपनि व्यबहारमा भने लागु हुन सकेको छैन।
खरिढुङ्गा क्षेत्र खनिजको धनि मात्रै हैन ,पर्यटन तथा उच्च आर्थिक पाटोको सम्भावनाको केन्द्र पनि हो । सहि निति, प्रबिधि र संरक्षणका साथ अघि बढ्न सके दोलखा मात्रै हैन,सिङ्गो देशको आर्थिक बिकासमा खरिढुङ्गाले ठूलो योगदान पुर्याउनेछ ।