News 24 Television
बाढीपहिरोले देशैभरका यातायात प्रभावितः सुरुङ मार्गले दियो राहत
बाढीपहिरोले देशैभरका यातायात प्रभावितः सुरुङ मार्गले दियो राहत विहीबारदेखि आइतबारसम्म नै अतिवर्षा हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।
बाढीपहिरोले जताततै सखाप, गतिहीन सरकार !
बाढीपहिरोले जताततै सखाप, गतिहीन सरकार ! उच्च वर्षाको प्रक्षेपण गर्दै मौसम पुर्वानुमान महाशाखाले पूर्वतयारीका लागि एक साता पहिले नै अपिल ग¥यो । वर्षा अत्यधिक हुने र त्यसबाट बाढी पहिरो र डुबानको समस्या हुने भन्दै महाशाखाले सचेत गराएपनि सरकारले पूर्वतयारी स्वरुप खास केही गरेन । जसका कारण वर्षापछिको बाढी, पहिरो र डुबानले देश नै अस्तव्यस्त बन्न पुगेको...
बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु
बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु शनिबार बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ । 
सप्तकोशीमा खतराको संकेत, खोलिए सबै ढोका
सप्तकोशीमा खतराको संकेत, खोलिए सबै ढोका सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि खतराको संकेत रातो झण्डा गाडिएको छ ।नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेसँगै ब्यारेज पुलमा रातो झण्डा गाडिएको हो । पूर्वी पहाडी भेगमा जारी निरन्तरको वर्षासँगै नदीको बहावले आज बिहान उच्च मापन तह पार गरेको थियो । 
विश्व मञ्चमा नेपालको प्रष्ट सन्देश, शक्ति राष्ट्रको विचार के ? 
विश्व मञ्चमा नेपालको प्रष्ट सन्देश, शक्ति राष्ट्रको विचार के ?  संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी ओलीले नेपालकोतर्फबाट सम्बोधन गरेका छन् । सम्बोधनमा ओलीले नेपालको शान्ति प्रक्रिया, विश्व राजनीति र जलवायु परिवर्तनबारे प्रष्ट पारेका छन् । अमेरिकामा रहेका ओलीको भ्रमण र सम्बोधनले विश्व समूदायमा कस्तो प्रभाव पार्ला त ? 
देउवापछि सभापतिको लाइनमा को–को ? शेखर कि गगन ? 
देउवापछि सभापतिको लाइनमा को–को ? शेखर कि गगन ?  नेपाली कांग्रेसमा शेरबहादुर देउवापछिको सभापति को भन्ने विषय पेचिलो बन्दै गएको छ । विभिन्न गुटमा विभक्त कांग्रेसमा गुटहरु समेत छिन्नभिन्न हुनेक्रम चलेको छ । यस्तोमा देउवालाई विश्वासमा लिएर पार्टी सभापति पद आफ्नो हातमा लिने संघर्ष समेत चर्किने संकेत थप बलियो बन्न थालेको छ ।
सेटिङमा न्यायाधीश नियुक्त गरिएको भन्दै बार अध्यक्षको बबण्डर !
सेटिङमा न्यायाधीश नियुक्त गरिएको भन्दै बार अध्यक्षको बबण्डर ! सर्वोच्च अदातमा बाहिर धर्ना र विरोधकाबीच दुई न्यायाधीश सिफारिस भएपछि बार आक्रोशित बनेको छ । नेपाल बारले सर्वोच्चमा दुई न्यायाधीश सिफारिस भएपछि प्रधानन्यायाधीशमाथि गम्भीर आरोप समेत लगाएको छ । 
वैदेशिक शिक्षाले कंगाल बनाउँदै देश, ६ वर्षमा बाहिरियो खर्बौ रुपैयाँ 
वैदेशिक शिक्षाले कंगाल बनाउँदै देश, ६ वर्षमा बाहिरियो खर्बौ रुपैयाँ  उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीबाट आर्थिक वर्ष २०८१\८२ को पहिलो महिना साउनमै ठूलो रकम बाहिरिएको छ । विभिन्न मुलुकमा पुगेका विद्यार्थीहरूबाट साउनमा १४ अर्ब ९२ करोड रूपैयाँ बाहिरिएको राष्ट्र बैंकले तथ्यांक सार्वजनिक गरेको छ । 
फेरि सत्ता उल्ट्याउने दाउमा प्रचण्ड, अर्को उथलपुथलको तयारी ! 
फेरि सत्ता उल्ट्याउने दाउमा प्रचण्ड, अर्को उथलपुथलको तयारी !  निवर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्थिर र गतिशील पात्रका रुपमा परीचित छन् । राजनीतिमा छिनभरमै जो कोहीसँग पनि सहकार्य गर्न तयार रहने प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्री कार्यकालमा काँग्रेस र एमालेसँग पटक पटक काँध फेरे । 
दशैँ लक्षित सुरक्षा : खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती
दशैँ लक्षित सुरक्षा : खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती प्रहरीले चाडपर्व लक्षित सुरक्षाको क्षेत्रहरु, स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरु, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरु, व्यक्तिहरुको खालि रहेको घर, सरकारी कार्यालय र भीडभाड हुने बजारहरु रहेको उल्लेख गरेको छ । त्यस्तै एटिएम बुथ, खसीबजार, गरगहना पसल, धार्मिक स्थल, शक्तिपीठ, पुजास्थल, बस टिकट काउन्टर, बसपार्क र बस पकेटहरुमा पनि...
Weather Update