रविलाई जोगाएको भन्दै प्रहरीसँग बचतकर्ता आक्रोशित !
मंगलबार, साउन ८, २०८१
हिन्दु–बौद्धिष्टमा एकसाथ उल्लास, श्रद्धा र शान्तिका झलक
सोमबार, साउन ७, २०८१
यो वर्षको असार ६ गते सनातन हिन्दु र बौद्ध धर्मावलम्बीहरुका लागि विशेष दिन बन्यो । आर्थात, हिन्दुहरुले यस दिन श्रद्धा र भक्तिपूर्वक गुरुपूर्णि र व्यास जयन्ती मनाए भने, यसै दिनदेखि बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व तीन महिने वर्षावास शुरु भएको छ । यस वर्ष भिक्षुहरुको कस्तो छ त वर्षावासको तयारी ?
उर्लिएको भेलले बगाएको जिन्दगी, सधैं यस्तो बिचल्ली !
आइतबार, साउन ६, २०८१
कञ्चनपुरमा गत असार तेस्रो सता आएको बाढीले भीमदत्त नगरपालिका, दोधरा–चाँदनी, पुनर्वास, कृष्णपुर र बेलडाँडी सहितका क्षेत्र बढी प्रभावित भए । बाढीले विस्थापित भएको १५ दिनभन्दा बढी भइसक्यो । तर, यस बाढीबाट प्रभावितहरुको बासको व्यवस्थापन अहिलेसम्म पनि हुन नसक्दा कष्टकर दैनिकी विताउन बाध्य छन् ।
बङ्गलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’
आइतबार, साउन ६, २०८१
परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ ।
बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको चेतावनी
शुक्रबार, साउन ४, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चिकित्सक पनि भन्छन्, साउनमा मासु नखानु !
बिहीबार, साउन ३, २०८१
साउन महिनामा प्राय सर्वहारी व्यतिmहरुले पनि माछामासु नखाने गर्छन् । धार्मिक पक्षसँग जोडेर हेर्दा साउन महिना भगवान शिवको प्रिय महिनाको रुपमा लिने गरिन्छ । त्यसैले यस महिना सनातन धर्मावलम्वीहरुले विशेष पूजाआरधाना गर्ने गर्छन् । धर्मसँग जोडेर पवित्र महिना मानिएकाले मासुजन्य खाना नखानु यतातर्फ छदैछ, साउन महिनामा मासु नखानुलाई वैज्ञानिक दृष्टिकोणबाट...
कमैया मुक्त घोषणा २४ वर्ष पुरा, कमैयाका दुःखका जस्ताको तस्तै
बिहीबार, साउन ३, २०८१
सरकारले २०५७ साल साउन २ गते कमैया प्रथा अन्त्य भएको औपचारिक घोषणा गरेको २४ वर्ष भइसकेको छ । सरकारले मुक्त घोषणा गरेको २४ वर्ष बितिसक्दा पनि मुक्त कमैयाको अझै पुर्नस्थापना र व्यवस्थापन पूर्णरुपमा हुन सकेको छैन ।
ओबाङमा खानेपानी आयोजनाले ल्याएको परिवर्तन
बुधबार, साउन २, २०८१
यस वर्षबाट ओबाङबासीसँगै यहाँका सरकारी कार्यालयले वर्षौदेखिको समस्याबाट मुक्ति पाएका छन् । घर–घरमा खानेपानीको धारा निर्माण भएर स्वच्छ र सफा पानी पिउन पाउँदा सबै जना खुसी छन् ।
बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालियो
मंगलबार, साउन १, २०८१
रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए ।
ठमेलमा रवि लामिछानेको योजना चलेन, कसरी टार्ने संकट ?
आइतबार, असार ३०, २०८१
विदेशबाट नेपाल घुम्न आउने ८० प्रतिशत पर्यटकहरू उत्साहका साथ ठमेल पुग्छन् । ठमेल पर्यटन व्यवसायको क्षेत्रमात्र नभई परापूर्वककालदेखि जीवन्त रहेको स्थानीय संस्कृतिको स्थल पनि हो । तर, पछिल्ला दिनहरुमा ठमेलमा खास उत्साह छैन । सरकारले ठमेललाई चौबीसै घण्टा खुला गर्ने व्यवस्था गरे पनि त्यो पूर्ण कार्यान्वयनमा ल्याउन सकिएको देखिदैन भने,...
एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु
शनिबार, असार २९, २०८१
यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो ।
पहिरोले पोखराको पुरञ्चौर गाँउ नै शोकमाः ७ जनाले गुमाए ज्यान
शनिबार, असार २९, २०८१
केहीदिन यता निरन्तर परेको झरिका कारण कास्कीको पोखरा महानगरपालिका १९ पुरञ्चौरमा पहिरो जाँदा एकै परिवारका सात जनाले ज्यान गुमाएका छन् ।
पहिरोेले पृथ्वी राजमार्ग अवरुद्ध
शुक्रबार, असार २८, २०८१
तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।


