३०औँ आदिवासी दिवसमा झुम्यो काठमाडौँ, सडकभरी जातजातीका भेषभुषामा ताँती
शनिबार, साउन २६, २०८१
घरको भर्याङबाट लडेर एक जनाको मृत्यु
शुक्रबार, साउन २५, २०८१
बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–७ खड्कावाडा बस्ने ४५ वर्षीय रणबहादुर खड्काको बिहीवार राति घरको भर्याङबाट लडेर मृत्यु भएको छ।
आज नागपञ्चमी पर्व मनाइँदै
शुक्रबार, साउन २५, २०८१
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ ।
कञ्चनपुरका राना थारु समुदायले मनाए तीज
बिहीबार, साउन २४, २०८१
कञ्चनपुरका राना थारु समुदायले धुमधामका साथ तीज मनाएका छन् । तीज पर्व राना थारु समुदायका महिलाको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । राना थारुको बहुुल्यता भएका गाउँहरुमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।
माछापुच्छ«ेमा पञ्चेबाजा बजाउने पार्क !
बुधबार, साउन २३, २०८१
पार्क भन्ने बित्तिकै हरियाली, अनेकन फुल र बालबच्चाका लागि बिभिन्न खेल भन्ने लाग्छ । तर कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एउटा यस्तो पार्क निर्माण गरिएको छ जुन नयाँ पुस्ताको लागि सांस्कृतिक पाठशाला बनेको छ । विबाह होस् या अन्य शुभकार्य बाजा बजाउने चलन रहि आएको छ । तर यो ब्यवस्थित रुपमा सञ्चालन...
२५ जनाको क्षमता रहेको कारागारमा ६२ कैदीबन्दी
बुधबार, साउन २३, २०८१
जिल्ला कारागार बाजुराको भवन जीर्ण छ । जीर्ण भवनमा कैदीबन्दीहरूलाई राख्न समस्या त छँदैछ, अझ क्षमता भन्दा दुई गुणा बढी कैदीबन्दी राखिएका छन् ।
रातो मच्छिन्द्रनाथको भोटो देखाइयो, जात्रामा को–को पुगे ?
सोमबार, साउन २१, २०८१
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । जावालाखेलमा आइपुगेको रातो मच्छिन्द्रनाथको रथबाट गुठी संस्थानका प्रमुखले भोेटो देखाउने परम्परा छ ।
इटिटोलबाट मच्छिन्द्रनाथको रथ जावलाखेल पु¥याइयो
शुक्रबार, साउन १८, २०८१
रातो मछिन्द्रनाथको रथयात्रा यस वर्षका लागि विहीबार समापन भएको छ । भोटोजात्राको चार दिन अघि मच्छिन्द्रनाथको रथलाई ललितपुरको इटिटोलबाट जावलाखेल पु¥याएपछि रथयात्रा सम्पन्न हुन्छ । तर, जात्रा भने भोटो देखाएर मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुंगमती पु¥याएपछि मात्रै समापन हुनेगर्छ । रातो मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन विहीबार कस्तो देखियो त जावलाखेल...
मुगुमा सधैं नुनका हाहाकार, केन्द्रसँग पहुँच नहुँदा उपेक्षामा मुगुवासी
बिहीबार, साउन १७, २०८१
संघीय राजधानी काठमाडौंको सिंहदरबारमा बर्सेनि सुन काण्डदेखि अनेक प्रकरणमा मुछिएकाहरुलाई उम्काउने खेल चल्छ । तर दूरदराजमा रहेको मुगुवासीहरु भने सुनको सिरानी राखेर हरेक बर्ष नुनको जोहो गर्नु पर्ने बाध्यतमा हुन्छन् । मुगुमा ५ के.जी नुन पाउन एक व्यक्तिले ५ सय देखि २ हजार रुपैयाँसम्म खर्च गर्नु पर्छ ।
सञ्चार उद्यमीको गुनासो : मिडिया बचाउन सरकार तत्पर हुनुपछ
बिहीबार, साउन १७, २०८१
लोकतन्त्र र नागरिक अधिकारको लागि राज्य र ब्यवस्था बिरुद्ध उत्रिएका आम संचारमाध्यमका ब्यवस्थापक तथा सञ्चालकहरुले मूलधारका सञ्चार माध्यमहरुलाई बचाउँन आग्रह गरेका छन् ।
क्षणभरमै फेरिन्छ काठमाडौंको दशा ! जोगिने कसरी ?
बिहीबार, साउन १७, २०८१
वर्षायामसँगै विभिन्न स्थानमा बाढी, पहिरो र डुवानका घटना बढ्न थालेको छ । काठमाडौं उपत्यकामा पनि मंगलबार मध्यरातमा परेको अविरल वर्षाले काठमाडौं उपत्यका केहि क्षेत्र ढुवानमा परे ।
दैनिक ५० रुपैयाँ रोड कर तिर्न नसक्ने भन्दै दोधारा चाँदनीका अटो व्यवसायी प्रदर्शनमा
बुधबार, साउन १६, २०८१
कञ्चनपुुरको दोधारा चाँदनी नगरपालिकामा रहेका अटो व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । मंगलबार नगरपालिकाले रोड करमा चर्को शुल्क लगाएको भन्दै अटो व्यवसायीहरु आन्दोलनमा उत्रेका हुुन । नगरपालिकाले एउटा अटोबाट दैनिक ५० रुपैयाँ रोड कर उठाउने ठेक्का खोलेको छ ।
एआई, रोवटिक्स र साइबर सेक्युरिटीसम्बन्धी प्रदर्शनी ‘टेक एक्स २०२४’ साउन १५ गतेदेखि
शनिबार, साउन १२, २०८१
सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोवटिक्स र साइबर सेक्युरिटीसम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ आयोजना हुने भएको छ ।
