News 24 Television
भत्ता पाउन राष्ट्रिय परिचयपत्रको त्रास, गृहमन्त्रीसँग गुहार 
भत्ता पाउन राष्ट्रिय परिचयपत्रको त्रास, गृहमन्त्रीसँग गुहार  नागरिकता विवरणका आधारमा सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदा हाल कुनै समस्या छैन । राष्ट्रिय परिचय–पत्र बनाउन बायोमेट्रिक दिनु अनिवार्य हुन्छ, यसका लागि तोकिएका निश्चित स्थानमा उपस्थित हुनुपर्छ । तर अधिकांश वृद्धवृद्धा, अशक्त, अपांग, रोगी व्यक्ति त्यस्ता स्थानमा उपस्थित हुन समेत सकस पर्छ ।
आफै श्रमिक, आफै मालिक भन्दै सुरुग गरिएको कागज उद्योग
आफै श्रमिक, आफै मालिक भन्दै सुरुग गरिएको कागज उद्योग अर्थतन्त्रमा आएको संकुचन र यसले निम्त्याएका जोखिम न्यूनिकरणका लागि उद्योगहरुले जनशक्ति कटौतिदेखि बन्द हुने स्थिति पछिल्लो समयको नियति बनिरहेको देखिन्छ । तर, आफै श्रमिक आफै मालिक, उत्पादन हाम्रै नेपालको नेपालगञ्जमा १२ करोड लगानीको कागज उद्योग सञ्चालनमा आएको छ । यसले रोजगारी सिर्जना र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको  छ...
नेपाल गुणस्तर परिषदद्वारा कपडाको परीक्षण विधि पारित
नेपाल गुणस्तर परिषदद्वारा कपडाको परीक्षण विधि पारित नेपाल गुणस्तर परिषद्ले विभिन्न किसिमका कपडाको परीक्षण विधि र सुरक्षित सिसाको नेपाल गुणस्तर मापदण्ड पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको ११२औँ परिषद्को बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको उक्त मापदण्ड पारित गरेको हो ।
‘अघि–अघि निर्माण, पछि–पछि खत्तम’  
‘अघि–अघि निर्माण, पछि–पछि खत्तम’   सर्लाहीको मलंगवा नगरपालिका २ मा नाला निर्माण कार्य गुणस्तर नभएको भन्दै स्थानीयले विरोध जनाएका छन् । कृष्ण चोकदेखि उत्तरतर्फ जाने बाटोको दुवैतर्फ निर्माणाधीन अवस्थामा रहेको नाला गुणस्तरहीन भएको स्थानीयको गुनासो छ  । 
नदी सफाइ गर्दै काठमाडौँ महानगर
नदी सफाइ गर्दै काठमाडौँ महानगर काठमाडौँ महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । 
पाँचवटा प्रदेशमा मनसुनको प्रभाव
पाँचवटा प्रदेशमा मनसुनको प्रभाव देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ ।
स्वदेश फर्कने भन्दाभन्दै बित्यो ३ दशक, अझै छैन अत्तोपत्तो 
स्वदेश फर्कने भन्दाभन्दै बित्यो ३ दशक, अझै छैन अत्तोपत्तो  आज २४ औँ विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाइयो । तर झापाको दमकस्थित बेलडाँगी शिविरमा अनिश्चित भविष्य बोकेर बसिरहेका भुटानी शरणार्थीमा भने यो दिवसको कुनै उत्साह थिएन । उनीहरुका धेरै आफन्त पूर्नवासको क्रममा युरोप अमेरिका लगायतका देशमा पुगिसके तर उनीहरु भने मातृभूमि भुटान फर्किने झिनो आशमा शरणार्थी शिविरमै...
आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै
आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।
चुरे उत्खनन : सुक्न थाले पानीका मुहान 
चुरे उत्खनन : सुक्न थाले पानीका मुहान  सर्लाहीको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा भएसँगै विगतका वर्षहरुमा झैँ यस वर्ष पनि खानेपानीको समस्या भएको छ । यसवर्ष हिउँदमा पर्याप्त पानी नपर्नुृ, बढ्दो वन विनाश र उत्खननले गर्दा खानेपानीका स्रोत चाँडो सुक्न थालेको हो । एक गाग्री खानेपानी जोहो गर्न अहिले चुरेका स्थानीय बासिन्दा घण्टौं धाएर छिमेकी गाउँसम्म पुग्न...
पशुपति विकास कोषको एक्सन, कहिले होला कार्यान्वयन ? 
पशुपति विकास कोषको एक्सन, कहिले होला कार्यान्वयन ?  पशुपति क्षेत्र विकास कोषले तिलगंगा आवासीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण नगरी घरटहरा हटाउने तयारी गरेपछि विवाद शुरु भएको छ । 
कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ । 
ट्यांकर चालकसँग कायल आयल निगम, हतारहतार वार्ता
ट्यांकर चालकसँग कायल आयल निगम, हतारहतार वार्ता पेट्रोलियम ट्याङ्कर ढुवानी चालकहरुले गरेको आन्दोलनले एकै दिनमा पेट्रोलियम बिक्री वितरण प्रभावित बन्यो । एकै दिनको आन्दोलनले अन्य सवारीहरु प्रभावित भए । चालकहरुको आन्दोलनले पेट्रोलियम पदार्थको हाहाकार हुने देखिएपछि नेपाल आयल निगमले सोमवार नै वार्ता गरी सहमति जनायो ।
Weather Update