News 24 Television
भोटेकोशी जलविद्युतका कारण ५ सय घरपरिवार जोखिममा
भोटेकोशी जलविद्युतका कारण ५ सय घरपरिवार जोखिममा भोटेकोशी–१,जलविद्युत आयोजनाका कारण पाँच सय घरधुरी जोखिममा परेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ मा निमार्णाधीन ४० मेगावाटको इलेक्ट्रोपावर कम्पनी लिमिटेड, भोटेकोशी–१ जलविद्युत आयोजनाले वस्ती नै जोखिममा पारेको हो ।  सुरुङको निर्माणका लागि थालिएका कामले वरपरको जमिनमा धाँजा फाट्ने मात्रै होइन  घर नै चर्किन थालेपछि स्थानीयको ज्यानै जोखिमा परेको  छ...
रोल्पाको दुर्गम बस्तीमा अस्थायी प्रहरी पोस्ट स्थापना
रोल्पाको दुर्गम बस्तीमा अस्थायी प्रहरी पोस्ट स्थापना रोल्पाको दुर्गम बस्ती मानिने कुर्जा भन्ने ठाँउमा अस्थायी प्रहरी पोस्ट  स्थापना भएको छ। शनिबार एक कार्यक्रमकाबीच रुन्टिगढि गाउँपालिकाको वडा नम्बर ८ को विकट गाउँ कुर्जामा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ।  
फेवातालमा भगवान नै कैदी जस्तै ! पर्यटककै मन खल्लो
फेवातालमा भगवान नै कैदी जस्तै ! पर्यटककै मन खल्लो पर्यटकी राजधानी पोखराको आकर्षणको केन्द्र हो, फेवाताल । तर, पोखराको महत्व भने यतिमै सीमित छैन । फेवातालको बीचमा रहेको एउटा थुम्को र त्यहाँ रहेकी तालबाराही माता जसको दर्शनका लागि वार्षिक लाखौं भक्तजन पुग्छन् । तर, झण्डै एक वर्षदेखि तालबाराही माता फलामको बाकसमा बन्द छिन् ।
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ । 
मुुग्लिन–पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल बनाइँदै
मुुग्लिन–पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल बनाइँदै निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ ।  सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो ।
जैन धर्मका संस्थापक महावीरको २६२३ औँ जयन्ती मनाइँदै
जैन धर्मका संस्थापक महावीरको २६२३ औँ जयन्ती मनाइँदै जैन धर्मका संस्थापक वर्द्धमान महावीरको २ हजार ६२३ औँ जयन्ती आज मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन महावीरको जन्मजयन्तीका अवसरमा उनको स्मरण गरी नेपालसहित विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरुले श्रद्धापूर्वक मनाउँछन् । 
बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि
बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको जानकारी दिएको हो ।
पशुपतिमा अराजकता, अनधिकृत संरचना धमाधम बन्दै
पशुपतिमा अराजकता, अनधिकृत संरचना धमाधम बन्दै विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ क्षेत्र कंक्रिटले भरिँदै गएको छ । पशुपतिनाथ मन्दिर वरपर मात्र नभइ पशुपति क्षेत्रभित्र पर्ने वनजंगल पनि कंक्रिटले भरिन थालेका छन् । यसरी हरेक क्षेत्रमा कंक्रिटको प्रयोग बढ्दै जान थालेपछि पशुपतिको अस्तित्व नै खतरामा पर्न थालेको छ । तर पनि, यसमा सम्बन्धित कसैको पनि गम्भिरता देखिएको...
चतरामा आजदेखि महाकुम्भ मेला
चतरामा आजदेखि महाकुम्भ मेला
Weather Update