News 24 Television
ओखलढुंगामा ट्रयाक्टर दुर्घटना : १ को मृत्यु, १८ घाइते
ओखलढुंगामा ट्रयाक्टर दुर्घटना : १ को मृत्यु, १८ घाइते ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य १८ जना घाईते भएका छन । जिल्लाको खिजीदेम्बा गाउँपालिका रगनी होल्पु स्थित कच्ची सडक खण्डमा ट्रयाक्टर दुर्घटना भएको हो ।
'ट्रेकिङ ट्रेल जिरो टू ८,८४८ टिम'को सगरमाथा आरोहण सम्पन्न 
'ट्रेकिङ ट्रेल जिरो टू ८,८४८ टिम'को सगरमाथा आरोहण सम्पन्न  नेपाललाई विश्वमाझ चिनाउन समुद्र सतहदेखि सगरमाथा सम्मको सबैभन्दा छोटो दूरीको विश्वकै एकमात्र ट्रेकिङ ट्रेलको डकुमेन्ट्री टिमले सगरमाथाको सफल आरोहण सम्पन्न गरेको छ।
करिब ८ करोड रुपैयाँको कोकिनसहित ३ जना पक्राउ
करिब ८ करोड रुपैयाँको कोकिनसहित ३ जना पक्राउ नेपाल प्रहरीले अवैध लागुऔषध कोकिन २ केजी ६५४ ग्रामसहित ३ जना कोकिनका अन्तर्राष्ट्रिय कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो । 
क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुने
क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुने उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा बुधबार (आज) सुनुवाइ हुने भएको छ । 
कामिरिता शेर्पा, जसले २९औँ पटक सगरमाथा चढेर बनाए नयाँ कीर्तिमान
कामिरिता शेर्पा, जसले २९औँ पटक सगरमाथा चढेर बनाए नयाँ कीर्तिमान आरोही कामिरिता शेर्पाले २९औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । आइतबार उनले वसन्त ऋतुको जारी आरोहणमा २९औँ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको पुरानाे कीर्तिमान तोडेका हुन् ।     पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार कामिरिताले आइतबार बिहान सगरमाथाको चुचुरोमा...
बत्तिसपुतली हत्या प्रकरणमा ४ नाबालक पक्राउ
बत्तिसपुतली हत्या प्रकरणमा ४ नाबालक पक्राउ काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ ।
सुनकोशी–मरिण डाइभर्सन कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास
सुनकोशी–मरिण डाइभर्सन कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएसँगै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने  बताएका छन्  । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा सुरूङ ‘ब्रेक–थ्रु’ गर्दै प्रधानमन्त्री दाहालले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे ।
आज मातातीर्थ औँसी
आज मातातीर्थ औँसी आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । 
अब बागमती प्रदेशभित्र नेवारी र तामाङ भाषा सरकारी कामकाजको भाषा
अब बागमती प्रदेशभित्र नेवारी र तामाङ भाषा सरकारी कामकाजको भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ कार्यान्वयनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ शुभारम्भ घोषणा गर्दै ती भाषा सरकारी कामकाज कार्यान्वयनमा आएको घोषणा गरेका हुन् ।
हजारौंलाई रोजगारी दिन सफल होलान् बालेन ?
हजारौंलाई रोजगारी दिन सफल होलान् बालेन ? काठमाडौँ महानगरपालिकाले २ हजार ८१ जनालाई निःशुल्क सीपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित सीप मेला–२०८१ काठमाडौंको टुडिखेलमा सञ्चालन गरिरहेको छ ।
Weather Update