News 24 Television
'हलिं नेवाः दबू' जर्मनी शाखामा दोस्राेपटक अध्यक्ष्यमा कुमार नापित सर्वसम्मत

जर्मनी । विभिन्न देशमा कर्मथलो बनाएर बसेका नेपालका नेवाः समुदायको संस्था 'हलिं नेवाः दबू (WNO) जर्मनी शाखामा फेरि एकपटक अध्यक्ष्यमा कुमार नापित सर्वसम्मत चयन भएका छन् ।

१३ जुलाई २०२५ आईतवार लुनिबर्गमा सम्पन्न अधिवेशनबाट भक्तपुरका नापितलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गिरएको हो । त्यस्तै उपाध्यक्ष्यमा रामकाजि गोसाँई, सचिवमा डा. देव नापित, महासचिवमा गणेशमान तालभडेल, कोषाध्यक्ष्यमा बिन्दिरा बोहजू, सहकोषाध्यक्ष्य कमल प्रजापति रहेका छन् भने संस्कृति संयोजकमा उर्मिला बदगामी श्रेष्ठ रहेका छन् ।

943eb8cf-d6a1-4c2d-b1d7-3cfc62a15ca8-1752668342.jpg
सदश्यहरुमा शंखर महर्जन, दिनेश प्रधान, डा. राजेश साँजू, संजय श्रेष्ठ, पार्वती श्रेष्ठ, सलोनी श्रेष्ठ, सकिला राजभण्डारी चयन भएका छन् । त्यस्तै बिशेष सल्लाहाकारमा मानव कुमार श्रेष्ठ, सल्लाहाकार, चिरण श्रेष्ठ, डा. मन्दिरा साँयजू, नरेन्द्र श्रेष्ठ, श्रीषक श्रेष्ठ, शोम श्रेष्ठ चयन भएको हलिं नेवाः दबू जर्मनी च्याप्टरले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update