जर्मनीमा किराँती समुदायले मनाए वार्षिक पर्व

काठमाडौँ । जर्मनीका विभिन्न शहरहरूमा बसोवास गर्ने किराँती समुदायले जर्मनीको हाम्बर्क शहरमा हर्षउलासका साथ वार्षिक पर्व मनाएका छन् ।
किराँत याकथुङ चुमलुङ जर्मनीले जुलाई १९ तारिख २०२५ शनिवार आयोजना गरेको पर्वमा हाम्बर्ग लगायत विभिन्न शहरमा बसोवास गर्ने विभिन्न समुदायका व्यक्तिहरूको समेत सहभागिता रहेको थियो । सो कार्यक्रममा किराँती भेषभुषामा सजिएर झाँकीसहितको साँस्कृतिक कार्यक्रमहरू भएको थियो ।
नेपालका किराँती समुदायले हाम्बर्ग शहरमा प्रत्येक वर्ष यो पर्व मनाउँदै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२ १५:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय