
मुगु । विश्वका चारधामभित्र पर्ने मुगुकाे छायानाथ धामको तीर्थयात्रा सुरु भएको छ । शुक्रबार छायानाथ रारा नगरपालिका- २ चैन गाउँमा रहको छायानाथ मन्दिरमा रहेका शिवजीको मूर्ति पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकामरोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायानाथ मन्दिरमा लगेपछि तीर्थयात्रा सुरु भएको हो ।
हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता छायानाथ मन्दिरमा रहेको छायानाथ ठाकुरज्युको मूर्ति पवित्र धाम छायानाथमा नुहाउन लगिएसँगै छायानाथ धाम तीर्थयात्र सुरु भएको मानिन्छ । शुक्रबार लगिएको शिवजीको मूर्ति जनैपूर्णिमासम्म छायानाथ मन्दिरमा रहने र दर्शनका लागि मुगुलगायत, जुम्ला, हुम्ला कालीकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटी लगायतका धामीझाँक्रीसहित तीर्थालुहरू दर्शन गर्न छायानाथ धाममा आउने गर्दछन् ।
जनैपूर्णिमामा छायानाथमा पाँच दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा वरदान माग्न १५ जिल्ला भन्दा बढि जिल्ला बाट तीर्थालुको भिड लाग्ने गरेको छायानाथ मन्दिरका पुजारी सनत कुमार हमालले जानकारी दिएका छन् ।
विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायानाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको पुजारीको भनाइ छ ।
उक्त छायानाथ मन्दिरमा जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध र आफुले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् । कोही झाँक्री बनेर आउने गरेका छन् भने कोही देवताका घण्टमाला पवित्र बनाउन जाने गरेका छन् ।
विश्वकै चार पवित्रस्थलका रूपमा रहेको छायानाथ विश्वकै उच्च स्थानमा रहने धामका रूपमासमेत चिनिने गर्दछ । शुक्रबार प्रस्थान गरेको टोली पूर्णिमा परेवको दिनमा फर्किने गर्दछ । यसैबीच,भोलि नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिकस्थल ऋणमोक्ष मन्दिरमा पनि छायानाथ मन्दिरमा रहेको अर्को मूर्ति लिएर तीर्थालुहरू जाने भएका छन् । त्यहाँ पनि मुगुलगायत जिल्ला बाहिरका तीर्थालु दर्शन गरी आउने गर्दछन् ।
सत्य युगमा सत्यदेवीका सबै अङ्ग अन्य स्थानमा खसेर बाकि रहेकाे अङ्ग अन्तिम पटक छायानाथ धाममा खसेको हुनाले याे धाम निकै प्रसिद्ध धाम मानिन्छ मुगु लगाएत छिमेकी जिल्लाहररु बाट भक्त जनहरु आउने गरेका छन् ।
छायानाथ धाम समुन्द्री सतहदेखि ५ हजार मिटरकाे उचाहिमा रहेकाे छ । याे धाममा पुग्य पछि मानिसले गरेका पापहरु काटिने, साेचेकाे कुरा पुग्ने गरेकाे भएको पुर्ण बिशुवार रहेकाे समाजसेवी ऐन बहादुर हमालले बताएका छन् ।